काठमाडौं। नेपाली कांग्रेसले जाजरकोट र रुकुम पश्चिममा भूकम्पीडितका लागि नि:शुल्क अस्थायी घर टहरा निर्माणको कामलाई निरन्तरता दिने भएको छ ।महामन्त्री गगन थापाको संयोजकत्वमा बसेको भूकम्प प्रभावित क्षेत्र केन्द्रीय अनुगमन तथा व्यवस्थापन सहजीकरण समितिको बैठकले पीडितको अस्थायी आवास निर्माण मंसिर २६ देखि पुस ६ गतेसम्म दोस्रो चरणको अभियान गर्ने निर्णय गरेको हो ।
‘यस अवधिमा केन्द्रीय सदस्यको नेतृत्वमा घर टहरा निर्माण, समन्वय र सहजीकरणका लागि नयाँ टोली रहनेछन्,’ केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जारी गरेको विज्ञप्तिमा उल्लेख छ, ‘नेपाल विद्यार्थी संघ, नेपाल तरुण दल, नेपाल ट्रेड युनियन कांग्रेस, नेपाल लोकतान्त्रिक खेलकुद संघका छुट्टा-छुट्टै टोली खटिनेछन् भने लुम्बिनी प्रदेशका सबै जिल्लाहरू, कर्णाली प्रदेशका सुर्खेत र दैलेख तथा गण्डकी प्रदेशको बागलुङ जिल्लाको टोली समेत अस्थायी घर टहरा निर्माणमा खटिनेछ ।
घर टहरा निर्माणमा खटिने सबै टोलीले मापदण्डको पूर्ण जानकारी लिई सोही अनुसार निःशुल्क रुपमा घर टहरा निर्माण कार्य सम्पन्न गर्ने कांग्रेसले जनाएको छ । भूकम्प प्रभावित क्षेत्रमा कांग्रेसले एक हजार वटा अस्थायी घर टहरा निर्माण गर्ने प्रतिवद्धता यसअघि नै जनाएको छ ।
पहिलो चरणमा कात्तिक २२ गते महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मा जाजरकोट र रुकुम पश्चिम पुगी अभियानको शुरूआत गरेका थिए ।
त्यसयता निरन्तर यस अभियानमा नेतृत्व, समन्वय र सहजीकरण गर्ने केन्द्रीय सदस्यहरू, स्थानीय संयोजन गर्ने प्रभावित क्षेत्रका पार्टी नेता/कार्यकर्ता, भ्रातृ संघ तथा शुभेच्छुक संस्थाका साथी र अन्य सहयोगी तथा स्वयंसेवीलाई कांग्रेसले धन्यवाद दिएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २५ मंसिर २०८०, ११ : ५५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सभापतिको राजीनामा पछि कांग्रेसमा अब के हुन्छ ? (प्रक्रियासहित)
कांग्रेस सभापति थापाले दिए पदबाट राजीनामा
काँग्रेसद्वारा केन्द्रीय समिति बैठक आह्वान
काँग्रेस बाराका सभापतिसहित १६ जनाको नाम कारबाहीका लागि सिफारिस
प्रधानमन्त्रीसँग काँग्रेस सभापति थापासहित पदाधिकारीको भेट
समानुपातिकको बन्दसूचीबाट २० जनाको नाम पठाउने काँग्रेसको निर्णय