मातृका यादव अस्वस्थ, नर्भिकमा भर्ना

सफल खबर संवाददाता

आइतबार, २४ मंसिर २०८०, २० : ३६
मातृका यादव अस्वस्थ, नर्भिकमा भर्ना

काठमाडौँ । नेकपा माओवादीका केन्द्रका उपमहासचिव मातृका यादव अस्वस्थ भएपछि नर्भिक अस्पताल भर्ना भएका छन् ।

कर्णाली प्रदेशका इन्चार्ज समेत रहेका उनी अस्वस्थ भएपछि शनिबार काठमाडौँ ल्याइएको यादवका पूर्वस्वकीय सचिव देभशरण यादवले जानकारी दिए । 

उनका अनुसार यादवलाई ज्वरो आएको, कमजोरी बढेको र चक्कर आएकाले डाक्टरको निगरानीमा राखेर भेटघाट बन्द गरिएको छ ।

प्रतिक्रिया दिनुहोस