काबुल । इरानले १३ हजार २०४ जना अवैध अफगान आप्रवासीलाई निष्कासन गरेको छ । खोरासान रजावीका सीमा सुरक्षा कमाण्डर माजिद शोजाइले १३ हजार २०४ अवैध अफगान आप्रवासीहरूलाई इरानबाट निष्कासन गरिएको बताएका छन् ।
खामा प्रेसले उल्लेख गरे अनुसार शुक्रबार पत्रकारहरूसँगको कुराकानीमा शोजाईले अवैध आप्रवासीहरूलाई निष्कासन गरिनु पर्नेमा जोड दिएका छन् । उनले गैरकानूनी रूपमा देश प्रवेश गर्न चाहने वा गैरकानूनी रूपमा यहाँ बसिरहेका अफगान नागरिकहरूलाई पक्राउ गरी निष्कासन गरिने बताएका छन् ।
पछिल्ला महिनाहरूमा इरान र पाकिस्तानबाट अफगान आप्रवासीहरूलाई निष्कासन गर्ने प्रक्रियाले तीव्रता पाएको छ । हालै इरानका आन्तरिक मामिला मन्त्रीले चार लाख अफगानी आप्रवासीलाई देशबाट निष्कासन गरिएको घोषणा गरेका थिए।
शरणार्थीका लागि संयुक्त राष्ट्रसङ्घीय उच्चायुक्तका अनुसार इरानमा बसोबास गर्ने जनसङ्ख्याको ६ प्रतिशत अफगानी नागरिक छन्। रासस
प्रतिक्रिया दिनुहोस
एजेन्सी
आइतबार, २४ मंसिर २०८०, ११ : ५२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
इरानमा आठ महिनामा ८४१ जनालाई मृत्युदण्ड : संयुक्त राष्ट्रसंघ
इजरायलसँगको युद्धपछि पहिलोपटक सार्वजनिक रूपमा देखिए इरानका सर्वोच्च नेता
इरानद्वारा अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सीसँगको सहकार्य निलम्वन
इजरायलसँगको १२ दिने युद्धमा इरानमा ९३५ जनाको मृत्यु
इरानका सर्वोच्च नेताले भने- अमेरिकी आक्रमणले आणविक केन्द्र बिग्रिएको छैन
इरानबाट ६ नेपाली दिल्ली हुँदै नेपाल फर्किए