इङ्लिस प्रिमियर लिगः लिभरपुल शीर्षस्थानमा

एजेन्सी

आइतबार, २४ मंसिर २०८०, ०८ : ४९
इङ्लिस प्रिमियर लिगः लिभरपुल शीर्षस्थानमा

एजेन्सी । इङ्लिस प्रिमियर लिग फुटबलमा आर्सनललाई पछि पार्दै लिभरपुल शीर्ष स्थानमा उक्लिएको छ ।  

गएराति भएको खेलमा लिभरपुलले क्रिस्टल प्यालेसलाई २–१ गोल अन्तरले हरायो । जितसँगै ३७ अंक जोडेको लिभरपुल अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको हो ।

मोहमद सलाहले खेलको ७६औँ मिनेटमा र हार्वे इलियटले दोस्रो हाफको इन्जुरी समयमा गोल गर्दै लिभरपुललाई जिताए । 

सलाह लिभरपुलका लागि २ सय गोल पूरा गर्ने पाँचौँ खेलाडी पनि बनेका छन् । क्रिस्टल प्यालेसले खेलमा शुरुवाती अग्रता लिए पनि त्यसलाई जोगाउन सकेन । 

जोर्डन अय्युले दोहोरो पहेँलो कार्ड खाँदै मैदान छाडेपछि क्रिस्टल प्यालेस ७५औँ मिनेटमा १० खेलाडीमा सीमित बनेको थियो ।

प्रतिक्रिया दिनुहोस