काठमाडौ । राष्ट्रिय आविष्कार केन्द्रमा ४ वर्षभित्र ९८ वटा परियोजना दर्ता गरेकोमा ६० वटा असफल भएको छ भने १० वटा बजारमा परीक्षणका क्रममा रहेका छन्।
आविष्कार केन्द्रका अध्यक्ष महावीर पुनले बच्चालाई न्यानो पार्ने यन्त्र, अन्न भुट्ने यन्त्र, सोलारबाट तरकारी सुकाउने यन्त्र, खुवा बनाउने मेसिन, सानो साइजको चिस्यान केन्द्र, बस टिकट यन्त्र, चिकित्सा स्वास्थ्य रेकर्डिङ सप्टवेर, झिँगाबाट कुखुरा तथा माछाको दाना बनाउने प्रविधि, काम नलाग्ने प्लास्टिकबाट पाइप बनाउने प्रविधि र केही खानेकुरा बजारमा सफल परीक्षण भएको बताए ।
उनले १५ वटा परियोजना सुधार हुने क्रममा रहेको जानकारी पनि दिए । अध्यक्ष पुनले आविष्कार केन्द्रले बनाएको यन्त्रको माग बजारबाट उल्लेख्य मात्रामा नआएसम्म बजार परीक्षण नहुने बताए । नेपाल समाचारपत्रमा खबर छ ।

प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
आइतबार, २४ मंसिर २०८०, ०८ : १३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
‘अनुसन्धान र आविष्कार कागजमा मात्र सीमित हुनु हुँदैन’ : महावीर पुन
‘राष्ट्रिय विधि विज्ञान प्रयोगशालाको सुदृढीकरण आवश्यक’ : महावीर पुन
शपथ ग्रहणका लागि राष्ट्रपति कार्यालय पुगे सुधन गुरुङ र महावीर पुन
‘बाँदर समस्या समाधानमा अनुसन्धान आवश्यक’ : महावीर पुन
‘तत्कालीन नेतृत्वले जेन जेड आन्दोलनको जिम्मेवारी स्वीकार गर्नुपर्छ’ : महावीर पुन
संसदमा म पक्ष,विपक्ष भन्दा पनि निष्पक्ष छुः महावीर पुन