काठमाडौँ । नेकपा एमालेले सुरु गरेको संकल्प यात्राको क्रममा शनिबार एमाले अध्यक्ष केपी शर्मा ओली नुवाकोट जाने छन् ।
नेकपा एमाले जिल्ला कमिटीको आयोजनामा हुने सभालाई सम्बोधन गर्न एमाले ओली नुवाकोटको बट्टार बजार आइपुग्ने एमाले नुवाकोटका अध्यक्ष बद्री मैनालीले जानकारी दिए । एमाले शुक्रबार साँझ पत्रकार सम्मेलन गरेर सभाको सम्पूर्ण तयारी पुरा भएको जनाएको छ ।
ओली नुवाकोट जाने भएपछि सदरमुकाम बिदुरमा पार्टीको झण्डा र स्वागत गेटले सिंगारिएको छ । सभाको तयारीको लागि एमाले स्थायी कमिटी सदस्य बागमती प्रदेश इन्चार्ज गुरु बराल, पोलिटव्यूरो सदस्य तथा नुवाकोट इन्चार्ज अरुण नेपाल शुक्रबारनै नुवाकोट पुगेका छन् ।
एमाले अध्यक्ष ओली नुवाकोट दरबार र पृथ्वीनारायण शाहको शालिकस्थल देविघाट पनि अवलोकन गर्ने मैनालीले बताए । एमालेले सभाको लागि गाउँगाउँबाट कार्यकर्ता उतार्ने जनाएको छ ।
धादिङको त्रिपुरासुन्दरी हुँदै अध्यक्ष ओली नुवाकोट सदरमुकाम आइपुग्ने र काठमाडौंको चिसापानी हुँदै आइतबार धुलिखेल पुग्ने कार्यसूची रहेको जनाइएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, २३ मंसिर २०८०, ०७ : ४४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
एमाले बैठकले ओलीलाई दियो समानुपातिकको बन्द सूची टुंग्याउने जिम्मा
एमाले सचिवालय बैठकको समय सर्यो
एमाले सचिवालय बैठक आज, समानुपातिक उम्मेदवार र कार्यविभाजनबारे छलफल
एमालेले बोलायो सचिवालय बैठक
मनोनित हुने अवसर एकजनालाई एक पटक मात्र दिनुपर्छ : एमाले नेता अधिकारी
एमाले कोशी प्रदेशले पठायो समानुपातिक नाम