काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीले रुसी सेनामा भर्ना भएका नेपालीको यकिन विवरण पत्ता लगाई उनीहरूलाई नेपाल फर्काउनका लागि कूटनीतिक पहल गर्न परराष्ट्रमन्त्री एनपी साउदको ध्यानाकर्षण गराएको छ।
रास्वपाका अन्तर्राष्ट्रिय विभाग प्रमुख तथा सांसद शिशिर खनाल, प्रमुख सचेतक सन्तोष परियार, सचेतक निशा डाँगी र सांसद अशोककुमार चौधरीको टोलीले शुक्रबार परराष्ट्रमन्त्री साउदलाई भेटी यसबारे ध्यानाकर्षण गराएको हो।
त्यस्तै, रास्वपा सांसदहरूको टोलीले प्यालेस्टाइनी विद्रोही समूह (हमास)को नियन्त्रणमा रहेका कञ्चनपुरका विपिन जोशीको तत्काल मुक्तिका लागि सम्भव भएसम्मका सबै कूटनीतिक पहल गर्न पनि परराष्ट्रमन्त्री साउदको ध्यानाकर्षण गराएको छ।
रुसी सेनामा भर्ना भएका नेपालीहरूको ज्यान गुमिरहँदा रास्वपाले यसबारे परराष्ट्रमन्त्रीको ध्यानाकर्षण गराएको हो।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २२ मंसिर २०८०, १६ : ३७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
खगेन्द्र कर्णलाई रास्वपाले बनायो समानुपातिक उम्मेदवार
रास्वपाको समानुपातिक सूचीमा राखिएकोप्रति डा. महेन्द्र लावतीको असहमति
रास्वपाद्वारा बालेन्द्र शाहसँगको ‘बृहत एकता’ सहमति केन्द्रीय समितिबाट अनुमोदन
बालेनको ब्यवस्थापनका लागि रास्वपाले विधानमा ‘वरिष्ठ नेता’को पद सिर्जना गर्ने
रास्वपाको समानुपातिकतर्फ ३८७ जना आकांक्षीको अन्तिम सूची सार्वजनिक
सरकारी टोलीद्वारा रास्वपा पार्टी कार्यालय अनुगमन