काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीले रुसी सेनामा भर्ना भएका नेपालीको यकिन विवरण पत्ता लगाई उनीहरूलाई नेपाल फर्काउनका लागि कूटनीतिक पहल गर्न परराष्ट्रमन्त्री एनपी साउदको ध्यानाकर्षण गराएको छ।
रास्वपाका अन्तर्राष्ट्रिय विभाग प्रमुख तथा सांसद शिशिर खनाल, प्रमुख सचेतक सन्तोष परियार, सचेतक निशा डाँगी र सांसद अशोककुमार चौधरीको टोलीले शुक्रबार परराष्ट्रमन्त्री साउदलाई भेटी यसबारे ध्यानाकर्षण गराएको हो।
त्यस्तै, रास्वपा सांसदहरूको टोलीले प्यालेस्टाइनी विद्रोही समूह (हमास)को नियन्त्रणमा रहेका कञ्चनपुरका विपिन जोशीको तत्काल मुक्तिका लागि सम्भव भएसम्मका सबै कूटनीतिक पहल गर्न पनि परराष्ट्रमन्त्री साउदको ध्यानाकर्षण गराएको छ।
रुसी सेनामा भर्ना भएका नेपालीहरूको ज्यान गुमिरहँदा रास्वपाले यसबारे परराष्ट्रमन्त्रीको ध्यानाकर्षण गराएको हो।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २२ मंसिर २०८०, १६ : ३७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
१८ वर्षमुनिका बालबालिकालाई पार्टी सदस्य बनाउने नीति नभएको रास्वपाको स्पष्टोक्ति
रास्वपाको नवनिर्वाचित केन्द्रीय समितिको पहिलो बैठक सुरु
रास्वपाका नवनिर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यहरूको शपथ आज
रास्वपाका पदाधिकारी र केन्द्रीय सदस्यको शपथ बुधबार हुने
रास्वपाका पदाधिकारी र केन्द्रीय सदस्यको शपथ बुधबार
रास्वपाले ३५ हजारभन्दा बढी बालबालिकालाई पार्टीको सदस्य बनाएको भन्दै कांग्रेसको आपत्ति