एनसेल प्रकरण रहस्यमय छ, यसमा संसद् गम्भीर छ : सभामुख घिमिरे

सफल खबर संवाददाता

विहीबार, २१ मंसिर २०८०, १९ : ३०
एनसेल प्रकरण रहस्यमय छ, यसमा संसद् गम्भीर छ : सभामुख घिमिरे

काठमाडौँ । सभामुख देवराज घिमिरेले एनसेलको शेयर खरिद-बिक्री प्रकरण रहस्यमय बनेको उल्लेख गर्दै यसमा छानबिन हुनुपर्ने बताएका छन् । बिहीबार अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनले एनसेलको विषयमा बुझाएको ज्ञापन पत्र ग्रहण गर्दै उनले यस्तो धारणा राखेका हुन् ।

उनले संसद्ले एनसेल खरिद-बिक्री प्रकरणलाई जिम्मेवारीकासाथ चासो लिएर अघि बढाइरहेको जानकारी दिए ।‘एनसेलको शेयर खरिद-बिक्री प्रकरण रहस्यको र अध्ययन अनुसन्धान गर्नैपर्ने रूपमा बाहिर आइरहेको छ । जसरी अरूको चासो गइरहेको छ, संसद्मा पनि त्यत्तिकै र अझ त्यो भन्दा बढी जिम्मेवारीका साथ चासो लिएर अघि बढेको छ । संसद् अहिले स्थगित छ तर संसदीय समितिहरू क्रियाशील रूपमा अघि बढिरहेका छन्,’उनले भने ।

यो विषयमा दुई वटा संसदीय समितिले तत्कालै छलफल चलाएको जानकारी दिए । सरकारसँग स्पष्टीकरण माग गर्ने लगायतका कामहरू संसदीय समितिबाट भइरहेका छन् । सीमहरु नष्ट गर्ने भन्नेकुराहरु सुनियो, यस्तो गर्दा देशको सम्पत्ति पनि क्षति हुनपुग्छ । यी कुरामा विचार गरेर यसको छानबिन गरेर निष्कर्ष जानुपर्छ । भौतिक क्षति नहुने गरी कार्यक्रम अघि बढाउन जरुरी हुन्छ,’ उनले भने ।

प्रतिक्रिया दिनुहोस