काठमाडौं । चीनमा विश्वकै पहिलो फोरजीजडित आणविक भट्टी सञ्चालनमा आएको छ । रुसी सरकारी विश्व च्यानल आरटीका अनुसार चिनियाँ प्रान्त सान्तोङमा भट्टी सञ्चालनमा आएको हो ।
चिनियाँ रास्ट्रिय ऊर्जा प्रशासनलाई उद्धृत गर्दै आरटीले जनाएअनुसार चीनले आणजिक ऊर्जा उत्पादनमा फोरजी प्रविधि ल्याएर विश्वकै नेतृत्वदायी काम गरेको छ । अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सीका अनुसार उक्त फोरजी भट्टीबाट उत्पादन हुने आणविक ऊर्जाले रेडियोधर्मी तत्वको आयतन, अम्लपन र आयु कम गर्नेछ ।
एजेन्सीका अनुसार चीन आणविक ऊर्जा उत्पादनमा विश्वको तेस्रो ठूलो देश हो । पहिलो फ्रान्स र दोस्रो अमेरिका रहेका छन् । सन् २०३० बाट भने चीन विश्वकै अग्रणी आणविक ऊर्जा उत्पादक हुनेछ ।

प्रतिक्रिया दिनुहोस
एजेन्सी
विहीबार, २१ मंसिर २०८०, १२ : ३१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
चीनसँगको सहमतिले अमेरिकी किसानमा नयाँ भरोसा
चीनद्वारा पाँच उपग्रह सफल प्रक्षेपण
भारत र चीनलाई सरकारले लेखेको ६ बुदे कूटनीत नोट
कोदारी नजिक चिनियाँ पर्खाल निर्माणमा नेपाल असन्तुष्ट
चीन र भारतका राजदूतसँग ऊर्जा सहकार्यबारे छलफल, क्षेत्रीय ऊर्जा चुनौती समाधानमा जोड
चीन र भारतका राजदूतसँग ऊर्जा सहकार्यबारे छलफल