काठमाडौं । तालिबान सरकारबाट चीनका लागि राजदूत नियुक्त बिलाल करीमीलाई चीनले मान्यता दिएको छ । तालिबान कूटनीतिज्ञलाई राजदूतको मान्यता दिने चीन पहिलो देश बनेको बीबीसीले जनाएको छ ।
बीबीसीका अनुसार चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता बाङ वेनबिनलाई मंगलबार मिडिया ब्रिफिङको क्रममा चीनले तालिबालाई वैधानिक सरकारको रुपमा मान्यता दिन्छ कि दिँदैन भनेर प्रश्न सोधिएको थियो । यो प्रश्नको जवाफमा उनले भने, ‘अफगानिस्तान लामो समयदेखि चीनको मित्रवत सम्बन्ध छ । अफगानिस्तानलाई अन्तर्राष्ट्रिय समुदायबाट बेदखल गर्नु हुँदैन ।’
यसअघि चीनले तालिबानद्वारा नियुक्त बिलाल करीमीलाई राजदूतको दर्जा दिएको र उनले आफ्नो परिचयपत्र चीन सरकारमा पेश गरेको समाचार काबुलबाट सार्वजनिक भएको थियो ।
सन् २०२१ को अगष्टमा अमेरिकी सैनिक फिर्ता भएपछि तालिबानले सत्ता हातमा लिन सफल भएको थियो । तालिबान सरकारमा आएपछि राजधानी काबुलमा दूतावास राख्ने चीन तेस्रो देश हो । चीन अघि पाकिस्तान र रुसले दूतावास राखेका थिए ।
हालै भारतमा अफगानिस्तानको दूतावास बन्द गरिएको थियो । त्यसपछि तालिबान सरकारले नयाँ दूतावास खोल्ने इच्छा व्यक्त गरेको थियो ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
बुधबार, २० मंसिर २०८०, १० : ५९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
इरानको पक्षमा उभिँदै चीनले भन्यो-‘इजरायली बर्बर हमला निन्दनीय’
झापामा चिनियाँ राजदूत: कृषि तथा साना उद्योग अवलोकनमा व्यस्त
चीनमा भारी वर्षाको सम्भावना, नागरिकलाई सावधानी अपनाउन आग्रह
अमेरिका र चीनबिच हुने व्यापार सम्झौतासम्बन्धी बैठकबारे ट्रम्पले के भने ?
अमेरिका र चीनबीच अर्को व्यापार संवाद संयन्त्र बनाउने सहमति
पाकिस्तानमा भारतको सैन्य कारबाही दुर्भाग्यपूर्ण : चीन