काठमाडौं । तालिबान सरकारबाट चीनका लागि राजदूत नियुक्त बिलाल करीमीलाई चीनले मान्यता दिएको छ । तालिबान कूटनीतिज्ञलाई राजदूतको मान्यता दिने चीन पहिलो देश बनेको बीबीसीले जनाएको छ ।
बीबीसीका अनुसार चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता बाङ वेनबिनलाई मंगलबार मिडिया ब्रिफिङको क्रममा चीनले तालिबालाई वैधानिक सरकारको रुपमा मान्यता दिन्छ कि दिँदैन भनेर प्रश्न सोधिएको थियो । यो प्रश्नको जवाफमा उनले भने, ‘अफगानिस्तान लामो समयदेखि चीनको मित्रवत सम्बन्ध छ । अफगानिस्तानलाई अन्तर्राष्ट्रिय समुदायबाट बेदखल गर्नु हुँदैन ।’
यसअघि चीनले तालिबानद्वारा नियुक्त बिलाल करीमीलाई राजदूतको दर्जा दिएको र उनले आफ्नो परिचयपत्र चीन सरकारमा पेश गरेको समाचार काबुलबाट सार्वजनिक भएको थियो ।
सन् २०२१ को अगष्टमा अमेरिकी सैनिक फिर्ता भएपछि तालिबानले सत्ता हातमा लिन सफल भएको थियो । तालिबान सरकारमा आएपछि राजधानी काबुलमा दूतावास राख्ने चीन तेस्रो देश हो । चीन अघि पाकिस्तान र रुसले दूतावास राखेका थिए ।
हालै भारतमा अफगानिस्तानको दूतावास बन्द गरिएको थियो । त्यसपछि तालिबान सरकारले नयाँ दूतावास खोल्ने इच्छा व्यक्त गरेको थियो ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
बुधबार, २० मंसिर २०८०, १० : ५९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
बेलायत–चीन सम्बन्ध सुदृढ गर्ने सहमति
नेपाल र चीनका गभर्नरबीच भेटवार्ता, सहकार्यका विषयमा छलफल
मादुरोको गिरफ्तारी अमेरिकाको एकतर्फी दादागिरी हो : चीन
राष्ट्रपतिसँग चीनका राजदूत छन् सङले गरे बिदाइ भेट
दुई शक्ति राष्ट्रका राजदूत नेपालबाट किन एकै समय फिर्ता हुँदै छन् ?
चीनद्वारा नयाँ उपग्रह ‘याओगान-४७’ प्रक्षेपण