एजेन्सी । इंग्लिस प्रिमियर लिगमा आर्सनलले लुटन टाउनमाथि ४– ३ को जित निकालेको छ।
लुटनको मैदानमा गएराति भएको खेलमा सुरुवातमा हाबी भएको आर्सनलले २० औं मिनेटमा अग्रता लियो। उसका लागि गाब्रिएल मार्टिनेलीले गोल गरेका थिए।
लुटनले २५ औं मिनेटमा गाब्रिएल ओसोको हेडर गोलमार्फत खेल बराबरी गर्यो। ४५ औं मिनेटमा गाब्रिएल जेजुसले गोल गरेपछि आर्सनल पहिलो हाफमा २–१ ले अघि रह्यो। तर दोस्रो हाफमा ८ मिनेटको अन्तरमा २ गोल गरेर लुटनले आर्सनललाई चुनौती दिएको थियो।
४९ औं मिनेटमा अलाइजाह आडेबायोले खेल २–२ गोलको बराबरीमा पुर्याए। ५७ औं मिनेटमा रस ब्राक्लीले गोल गरेपछि आर्सनल पछि परेको थियो। ६० औं मिनेटमा काइ हाभर्टसले गोल गर्दै आर्सनललाई खेलमा फर्काए।
९० मिनेटमा खेल ३–३ गोलको बराबरी भयो। ७ मिनेट इन्जुरी समय थप गरिएको थियो। राइजले गोल गर्दै आर्सनललाई जित दिलाए।
आर्सनलले यो सिजन हारको स्थितिबाट पुनरागमन गर्दै ८ अंक जोडेको छ। शीर्षस्थानमा रहेको आर्सनलको १५ खेलबाट ३६ अंक छ। दोस्रो स्थानमा रहेको लिभरपुलको १४ खेलबाट ३१ अंक छ। १७ औं स्थानमा रहेको लुटनको १५ खेलबाट ९ अंक छ।
प्रिमियर लिगको अर्को खेलमा उल्भसले बर्नलीलाई १–० गोलले हरायो।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
बुधबार, २० मंसिर २०८०, ०८ : २८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
इंग्लिस प्रिमियर लिग: उपाधि होडमा आर्सनल थप बलियो
इंग्लिस प्रिमियर लिग : बोर्नमाउथसँग लिभरपुल पराजित
इंग्लिस प्रिमियर लिग : आज तीन खेल हुँदै
इंग्लिस प्रिमियर लिग : ब्राइटनविरुद्ध एभर्टनको जित
इंग्लिस प्रिमियर लिग : म्यानचेस्टर युनाइटेडमाथि आर्सनलको जित
इंग्लिस प्रिमियर लिग : बर्नलीविरुद्ध टोटनहमको जित