यी हुन् ग्याष्ट्रिकबाट बच्ने घरेलु उपाय

सफल खबर संवाददाता

शुक्रबार, १५ भदौ २०७५, १५ : १९
यी हुन् ग्याष्ट्रिकबाट बच्ने घरेलु उपाय

चितवन । ग्याष्ट्रिक अहिले नेपालीको राष्ट्रिय रोग जस्तै भएको छ । ग्याष्ट्रिक रोगी नभएको ब्यक्ती वा घर भेट्न मुश्किल छ नेपालमा ।

हाम्रो दैनिक खानपान , बिषादी खाधान्न र हाम्रो जीवन शैलिले गर्दा धेरै रूग हामी आँफैले निम्त्याई रहेका हुन्छौ । अल्छि तिग्रो स्वादे जिब्रोका कारण रोगप्रती लड्ने क्षमता बोढो हुँदै जाने भएकाले नियमित ब्यायाम र खान पानमा ध्यान दिदा मात्रै पनि धेरै रोग हामीबाट टाढै रहन्छ ।

यदी तपाईं वा तपाईको घरका सदस्य ग्याष्ट्रिक बाट पिडित हुनुहुन्छ र तपाईले नियमित मुख बारीरहनु परेको छ भने त्यो झन्झट बाट सजिलै मुक्ती पाउन घरेलु उपाय अपनाएर ग्याष्ट्रिकलाई टाढै राख्न सक्नु हुनेछ ।

हाम्रो भान्सामा ज्वानोको धुलो र बिरे नुन हुन सक्छ । त्यही ज्वानोलाई भुटेर पिस्नुस् मसिनो हुनेगरी र बिरे नुनको धुलोसँग मिसाउनुहोस् । उक्त मिश्रित धुलोलाई आवश्यकता अनुरुप पानीमा मिसाएर खानुस् । यसरी नियमित खनाले तपाईं ग्याष्ट्रिक बाट सजिलै छुट्कारा पाउन सक्नुहुने छ ।

प्रतिक्रिया दिनुहोस