एजेन्सी । हमासको स्वास्थ्य मन्त्रालयले इजरायलले आइतबार युद्धग्रस्त गाजापट्टीका विभिन्न क्षेत्रमा हवाई आक्रमण गर्दा दर्जनौँ मानिसको मृत्यु भएको जनाएको छ । सयौँ मानिस घाइते भएका जनाइएको छ ।
जबलिया क्याम्पमा रहेको एक आवासीय भवनलाई निसाना बनाएर आक्रमण गरिएको थियो । पछिल्ला केही घण्टामा ३७ जनाको ज्यान गएको बताइएको छ ।
यस्तै, गाजा सहरको उत्तरमा रहेको अबु एस्कन्दर क्षेत्रस्थित एउटा घरलाई निसाना बनाएर गरिएको इजरायली बमबारीमा कम्तीमा तीनजनाको मृत्यु भएको छ । २० जना घाइते भएका छन् ।
यसबाहेक प्यालेस्टाइन सिभिल डिफेन्स सर्भिसले गाजा सहरको पूर्वमा रहेको याफा स्ट्रिटमा इजरायली युद्धक विमानहरूले ध्वस्त पारेका घरहरूमा कैयौँ मानिस मारिएको र घाइते भएका जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, १८ मंसिर २०८०, ०९ : ५३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
१०२ किलो बढी गाँजासहित भारतीय नागरिक पक्राउ
३७० किलोग्राम गाँजा बरामद
गाडी र मोटरसाइकलसहित ९२२ किलो गाँजा बरामद
चितवनमा ९५.१६५ केजी गाँजासहित एक जना पक्राउ
गाजामा भएको इजरायली आक्रमणमा सात जनाको मृत्यु
१०९ किलो गाँजासहित भारतीय कार प्रहरीको नियन्त्रणमा