गाजामा हवाई आक्रमणमा दर्जनौँको मृत्यु

सफल खबर संवाददाता

सोमबार, १८ मंसिर २०८०, ०९ : ५३
गाजामा हवाई आक्रमणमा दर्जनौँको मृत्यु

एजेन्सी । हमासको स्वास्थ्य मन्त्रालयले इजरायलले आइतबार युद्धग्रस्त गाजापट्टीका विभिन्न क्षेत्रमा हवाई आक्रमण गर्दा दर्जनौँ मानिसको मृत्यु भएको जनाएको छ । सयौँ मानिस घाइते भएका जनाइएको छ ।

जबलिया क्याम्पमा रहेको एक आवासीय भवनलाई निसाना बनाएर आक्रमण गरिएको थियो । पछिल्ला केही घण्टामा ३७ जनाको ज्यान गएको बताइएको छ ।

यस्तै, गाजा सहरको उत्तरमा रहेको अबु एस्कन्दर क्षेत्रस्थित एउटा घरलाई निसाना बनाएर गरिएको इजरायली बमबारीमा कम्तीमा तीनजनाको मृत्यु भएको छ । २० जना घाइते भएका छन् ।

यसबाहेक प्यालेस्टाइन सिभिल डिफेन्स सर्भिसले गाजा सहरको पूर्वमा रहेको याफा स्ट्रिटमा इजरायली युद्धक विमानहरूले ध्वस्त पारेका घरहरूमा कैयौँ मानिस मारिएको र घाइते भएका जनाएको छ ।