दुई गोल गर्दै लिभरपुलको उत्कृष्ट पुनरागमन

एजेन्सी

सोमबार, १८ मंसिर २०८०, ०७ : ३७
दुई गोल गर्दै लिभरपुलको उत्कृष्ट पुनरागमन

एजेन्सी । सात गोलको थ्रिलरमा लिभरपुलले उत्कृष्ट पुनरागमन गर्दै फुलह्यामलाई ४–३ गोल अन्तरले हराएको छ । 

आफ्नो घरेलु मैदानमा ८७ औँ मिनेटसम्म २–३ गोलले पछि परेको लिभरपुलका लागि वाटारु इन्डो र ट्रेन्ट अलेक्सान्डर आर्नोल्डले एक मिनेटको अन्तरमा दुई गोल गर्दै टोलीलाई रोमाञ्चक जित दिलाएका हुन् ।

यसअघि खेलको २० औँमा गोलकिपर बर्नाड लेनोले आत्मघाती गोल गरेपछि लिभरपुलले खेलमा अग्रता लिएको थियो । तर, लगत्तै ह्यारी विल्सनले फुलह्यामलाई खेलमा फर्काए । ३८ औँ मिनेटमा एलेक्सिस म्याक एलिस्टरले पुनः लिभरपुललाई अग्रता दिलाए पनि पहिलो हाफको इन्जुरी समयमा केनी टेटले पुनः खेल बराबरी गरे ।

दोस्रो हाफको ८० औँ मिनेटमा बबी डी कोरडोभाले फुलह्यामलाई अप्रत्याशित अग्रता दिलाउँदै टोलीलाई जीतको आशा देखाए । तर, खेलको अन्त्यमा एन्डो र अर्नोल्डले गोल गर्दै लिभरपुललाई शानदार जीत दिलाए ।

जीतसँगै लिभरपुल प्रिमियर लिगको दोस्रो स्थानमा उक्लिएको छ । १४ खेलबाट टोलीको ३१ अंक रहेको छ । फुलह्याम भने १५ अंकसहित १४ औँ स्थानमा छ ।

प्रतिक्रिया दिनुहोस