काठमाडौँ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले राष्ट्रिय सभाको निर्वाचनलाई महाधिवेशन सार्ने तयारी गरेका छन् । भोलि बस्ने सचिवालयको बैठकले नयाँ मिति टुङ्गो लगाउने उपमहासचिव एवं प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले बताए ।
पार्टी केन्द्रीय कार्यालय आलोक नगरमा बस्ने सो बैठकमा अन्तरपार्टी निर्देशन (अपानि) मा नेताहरूको जिम्मेवारी हेरफेर, कार्य विभाजन र विभिन्न कमिटीमा मनोनयनलगायत आन्तरिक विवाद समाधान गर्न छलफल गरिने उनले बताए ।
यस्तै, केन्द्रीय कार्यालयका जीवनराम श्रेष्ठ पनि अहिलेसम्म महाधिवेशनबारे कुनै निर्णय नभएको बताए । भोलिको बैठकले महाधिवेशनबारे निर्णय लिने उनको भनाइ छ । तर, अध्यक्ष नेपालले महाधिवेशन सार्ने तयारी थालेपछि सम्मानित नेता झलनाथ खनाल सन्तुष्ट छैनन् । उनी माघमा हुने महाधिवेशनमा पार्टी नेतृत्वको दाबी गर्ने तयारीमा छन् ।
पार्टीभित्र अन्यौलता र विवादको कारणले नेकपा एस छाड्ने नेताहरू उल्लेख्य भएकाले महाधिवेशन गरिहाल्नुपर्ने पक्षमा उनी छन् । पछिल्लो समय नेकपा एस छाडेर अधिकांश नेताहरू एमालेमै फर्किएका छन् भने केही माओवादीसहित नयाँ दल रोजेका छन् ।
महाधिवेशनमा नेताहरूको उचित व्यवस्थापन र जिम्मेवारी दिन सके पार्टीमा नेताहरू जोगाउन सक्ने नेतृत्व पङ्क्तिको बुझाइ छ । त्यसैले अहिलेको अवस्थामा महाधिवेशन रोक्न नहुने उनको मत छ। तर, भोलि बस्ने बैठकले महाधिवेशन सार्ने वा नसार्ने भन्ने निर्णय गर्ने उनले बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, १७ मंसिर २०८०, १३ : ५०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
‘नेपालको कम्युनिस्ट आन्दोलन संकटको अवस्थामा’: माधव नेपाल
दक्षिणपन्थी नीति, व्यक्तिवाद, अहंकारवादविरुद्ध हाम्रो विद्रोह: माधव नेपाल
यो पार्टीले गरिखाँदैन भन्नेलाई ठाउँ छैन, हाम्रो पार्टीको भविष्य छ : माधव नेपाल
हाम्रो पार्टीले उथलपुथल ल्याउनसक्छ: माधव नेपाल
चुनौतीको सामना गर्न आँट नगर्नेले जीवनमा गरेर खाँदैन : माधव नेपाल
झलनाथ खनाललाई राजीनामा दिएर जान माधव नेपालको सुझाव