काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री गगन थापाले आगामी चुनाव एक्लै लड्नु पर्ने बताएका छन् । आज बुटवल सुरु भएको पार्टीको लुम्बिनी प्रदेश भेलाको उद्घाटन सत्रमा बोल्दै थापाले आगामी चुनावमा हारे पनि एक्लै लड्नुपर्ने बताएका हुन् ।
उनले भने, ‘हामीले आगामी २०८४ को चुनावमा एक्लै लड्नुपर्छ, गठबन्धन गरेर होइन । हामीले हारे पनि एक्लै चुनाव लड्नुपर्छ, किन गठबन्धन गर्ने ?सधैँ सोफामा बस्नु पर्ने हो र ? केही समय चकटीमा बसे पनि केही हुँदैन ।’
उनले निर्वाचनमा समानुपातिक कोटाको दुरुपयोग भएको भन्दै त्यसलाई रोक्नु पर्ने बताए । उनले समानुपातिक पद्धतिमा आफन्त र आफू निकट राख्दा समस्या आएको बताए । उनले भने, ‘समानुपातिकमा कोही दाजु,कोही भाउजू भन्दा इमानदार नेता पछाडि परेका छन् ।’
उनले त्यो परिवर्तन गर्नु लागि पार्टी भित्र उम्मेदवार छनौट प्रक्रिया बदल्नु पर्ने बताए । उनले नेपाली काँग्रेस भित्र इमानदार, सामाजिक व्यक्तिहरू धेरै रहे पनि त्यसलाई प्रयोग गरेर निर्वाचन जान नसकिएको स्वीकार गरे । उनले भने, ‘पार्टीभित्र गाउँ, सहर जहाँ पनि राम्रा कार्यकर्ता छन् । ती हाम्रा पुँजीलाई पार्टीले प्रयोग गर्न सकेन . त्यो पुँजीलाई पार्टीले प्रयोग गर्नुपर्छ ।’
उनले नेपालको अर्थतन्त्र पछिल्लो पटक सुधार भएको उल्लेख गर्दे अब निराशभन्दा आशावादी हुँदै भएको बताए । उनले प्रदेश संरचना खर्चिएको भएकाले त्यसलाई कम खर्चमा राम्रो सेवा दिने गरी प्रभावकारी बनाउनु पर्नेमा जोड दिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, १६ मंसिर २०८०, १९ : ०४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
उम्मेदवार चयनमा कमजोरी भएको गगनको स्वीकारोक्ति
सानेपा पुग्दै सभापति गगनसहितका पदाधिकारी
कांग्रेस केन्द्रीय समिति बैठक बस्दै, सभापति गगन थापालाई भावी प्रधानमन्त्री घोषणा गरेर चुनावमा होमिने
परिस्कृत काँग्रेसमार्फत समुन्नत देश निर्माणका लागि पूर्ण प्रतिबद्ध रहेको गगन थापाको दाबी
कांग्रेस सभापति थापा सर्लाही–४ बाट उम्मेदवार
कांग्रेसमा देउवा र गगनका बीचमा दुई बुँदे अन्तरिम सहमति