काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री गगन थापाले आगामी चुनाव एक्लै लड्नु पर्ने बताएका छन् । आज बुटवल सुरु भएको पार्टीको लुम्बिनी प्रदेश भेलाको उद्घाटन सत्रमा बोल्दै थापाले आगामी चुनावमा हारे पनि एक्लै लड्नुपर्ने बताएका हुन् ।
उनले भने, ‘हामीले आगामी २०८४ को चुनावमा एक्लै लड्नुपर्छ, गठबन्धन गरेर होइन । हामीले हारे पनि एक्लै चुनाव लड्नुपर्छ, किन गठबन्धन गर्ने ?सधैँ सोफामा बस्नु पर्ने हो र ? केही समय चकटीमा बसे पनि केही हुँदैन ।’
उनले निर्वाचनमा समानुपातिक कोटाको दुरुपयोग भएको भन्दै त्यसलाई रोक्नु पर्ने बताए । उनले समानुपातिक पद्धतिमा आफन्त र आफू निकट राख्दा समस्या आएको बताए । उनले भने, ‘समानुपातिकमा कोही दाजु,कोही भाउजू भन्दा इमानदार नेता पछाडि परेका छन् ।’
उनले त्यो परिवर्तन गर्नु लागि पार्टी भित्र उम्मेदवार छनौट प्रक्रिया बदल्नु पर्ने बताए । उनले नेपाली काँग्रेस भित्र इमानदार, सामाजिक व्यक्तिहरू धेरै रहे पनि त्यसलाई प्रयोग गरेर निर्वाचन जान नसकिएको स्वीकार गरे । उनले भने, ‘पार्टीभित्र गाउँ, सहर जहाँ पनि राम्रा कार्यकर्ता छन् । ती हाम्रा पुँजीलाई पार्टीले प्रयोग गर्न सकेन . त्यो पुँजीलाई पार्टीले प्रयोग गर्नुपर्छ ।’
उनले नेपालको अर्थतन्त्र पछिल्लो पटक सुधार भएको उल्लेख गर्दे अब निराशभन्दा आशावादी हुँदै भएको बताए । उनले प्रदेश संरचना खर्चिएको भएकाले त्यसलाई कम खर्चमा राम्रो सेवा दिने गरी प्रभावकारी बनाउनु पर्नेमा जोड दिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, १६ मंसिर २०८०, १९ : ०४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
लोकतन्त्रको आधार स्तम्भ नै स्वतन्त्र र निर्भय प्रेस हो : सभापति थापा
सरकारको कार्यशैलीप्रति गगन थापाको प्रश्नः ‘हाम्रो नम्रतालाई कमजोरी नठानियोस्’
सरकारको कार्यशैलीप्रति गगन थापाको प्रश्नः ‘हाम्रो नम्रतालाई कमजोरी नठानियोस्’
निर्वाचन भन्दा सर्वसम्मतिलाई प्राथमिकता दिएका कारण ढिलाइ भयोः गगन थापा
‘सुशासन र विकासमार्फत जनताको विश्वास जित्नु आजको आवश्यकता हो’ : गगन थापा
'लोकतन्त्रको विकल्प, अझ सुदृढ, उत्तरदायी र जनमुखी लोकतन्त्र नै हो' : गगन थापा