नक्कली शैक्षिक प्रमाणपत्र बनाएको आरोपमा शिक्षिकाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

सफल खबर संवाददाता

शुक्रबार, १५ मंसिर २०८०, १५ : ४५
नक्कली शैक्षिक प्रमाणपत्र बनाएको आरोपमा शिक्षिकाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

काठमाडौं। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नक्कली शैक्षिक प्रमाणपत्र बनाएको आरोपमा शिक्षिकाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

कैलालीको बर्दगोरीया गाउँपालिका वडा नम्बर ४ स्थित माध्यमिक विद्यालय कोटातुल्सीपुरमा बालविकास कार्यकर्ता पदमा कार्यरत निरञ्जना मल्लविरुद्ध शुक्रवार विशेष अदालत काठमाडौंमा भ्रष्टाचार मुद्दा दायर गरिएको आयोगले जनाएको छ ।

मल्लको एसएलसी सरहको भारतीय शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली रहेको आयोगमा उजुरी परेको थियो ।सोही उजुरीमाथि अनुसन्धान हुँदा माध्यमिक शिक्षा परिषद् क्षेत्रीय कार्यालय वाराणसी भारतबाट मल्लको नाममा जारी भएको हाई–स्कूल परीक्षाको प्रमाणपत्र नक्कली भेटिएको आयोगका प्रवक्ता भोला दाहालले जानकारी दिए ।

 

 

 

नक्कली प्रमाणपत्रका आधारमा बालविकास सहयोगी कार्यकर्ताको पदमा नियुक्त लिई ओहदा, लाभ र सुविधा प्राप्त गरी भ्रष्टाचार गरेको आरोपमा उनीविरुद्ध मुद्दा दायर गरिएको आयोगले जनाएको छ ।आयोगले उनीविरुद्ध कैद र जरिवाना दुवै सजायको मागदाबी गरेको छ ।

 

 

twitter sharing button

email sharing button

messenger sharing button

sharethis sharing button

 

 

प्रतिक्रिया दिनुहोस