काठमाडौं। राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाऊ अभियानका नाममा व्यवस्था परिवर्तन गर्न भन्दै हिँडेका मेडिकल व्यवसायी दुर्गा प्रसाईंले आफूहरूको आन्दोलन नतुहिएको र गाउँ–गाउँबाट फेरि उठ्ने दाबी गरेका छन् ।गरिबको ऋण मिनाहा गर्ने आफूहरूको एजेन्डा सेलाएर नजाने उनको भनाइ थियो ।
भक्तपुरमा शुक्रवार आयोजित कार्यक्रममा प्रसाईंले मंसिर ७ गते काठमाडौंबाट शुरू भएको आन्दोलन अब गाउँगाउँबाट उठ्ने बताएका हुन् ।‘कतिपयले प्रसाईंको आन्दोलन तुहियो भने । आज भक्तपुरको यो सभा म्यासेज हो, गाउँ–गाउँबाट आन्दोलन उठ्छ, यो रोकिँदैन,’ उनले भने ।
प्रसाईंले राज्यले अत्याचार गरे पनि आफूले आफ्नो ऋण मिनाहाको कुरा नगरेको बताए ।‘मैले ५ हजार करोडको सम्पत्ति धितो राखेर ऋण लिएको हो । कलेज चलाउन नदिँदा पनि मैले ऋण तिरिरहेको छु । मेरो अभियान गरिबलाई ऋणमुक्त गराउने हो,’ प्रसाईंले भने ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, १५ मंसिर २०८०, १५ : १२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
दुर्गा प्रसाईंले लिएको हतियारको विवरणहरू प्राप्त नभएपछि मन्त्रालय रनभुल्लमा
राज्यले १३ वर्षदेखि तड्पाइ राखेको थियो, सर्वोच्चले न्याय दियो: दुर्गा प्रसाईं
दुर्गा प्रसाईँले पाएको हतियार इजाजतबारे छानबिन गर्न गृह मन्त्रालयद्वारा समिति गठन
दुर्गा प्रसाईँका अङ्गरक्षकलाई रिहा गर्न सर्वोच्चको आदेश
दुर्गा प्रसाईँको पक्षमा सर्वोच्चको फैसला, मेडिकल कलेजलाई सम्बन्धन दिन आदेश
दुर्गा प्रसाईँको रिटमा फैसला सुनाउने सर्वोच्चको तयारी