मिर्गौला पीडित पत्रकारद्वारा आर्थिक सहयोगको अपिल

सफल खबर संवाददाता

शुक्रबार, १५ मंसिर २०८०, ११ : ५९
मिर्गौला पीडित पत्रकारद्वारा आर्थिक सहयोगको अपिल

काठमाडौँ । पत्रकार प्रेम स्याङ्तानको दुबै मिर्गौला फेल भएका छन् । उनले छिट्टै एउटा मिर्गौला प्रत्यारोपणको तयारी गरेको भन्दै आर्थिक सहयोगका लागि अपिल गरेका छन् ।

राष्ट्रिय मिर्गौला उपचार केन्द्रमा उपचाररत काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका-१२ केराबारी निवासी पत्रकार स्याङ्तानले एउटा मिर्गौला ट्रान्सप्लान्ट गर्ने योजना रहेको जनाउँदै सामाजिक सञ्जालमार्फत सहयोगको अपिल गरेका हुन् ।

'यहाँहरुबाट सकेको सहयोगको अपेक्षा राखेको छु । एउटा किड्नी ट्रान्सप्लान्ट गर्ने योजनामा छु । यहाँहरु सम्पूर्णमा आर्थिक सहयोगको लागि हार्दिक अनुरोध गर्दछु,' उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्। स्याङ्तान नेपाल पत्रकार महासंघ कतार शाखाका पूर्वसहसचिव, काठमाडौं शाखाका सदस्य तथा राजधानी राष्ट्रिय दैनिकमा कार्यरत थिए । स्याङ्तानले हाल डाइलासिसमार्फत जीवन चलाउँदै आएका छन् ।

चिकित्सकले उनमा मुटु, मधुमेह लगायतको रोग भएको पनि जनाएको छ । स्याङ्तानको परिवारको आर्थिक अवस्था नाजुक भएकाले उपचारमा सहयोगका लागि आह्वान भएङ्को र त्यसपछि केही रकम जम्मा हुन थालेको पारिवारिक स्रोतले जनाएको छ । इच्छुकले  Account Name - PREM SHYANGTAN Account Number- 5469427480524001 Bank- NIC ASIA Thapathali मा सिधै सहयोग गर्न सक्नेछन् । 

प्रतिक्रिया दिनुहोस