उडिरहेको विमानमा श्रीमान्–श्रीमतीबीच झगडा भएपछि डाइभर्ट गरियाे

एजेन्सी

बुधबार, १३ मंसिर २०८०, १४ : ३७
उडिरहेको विमानमा श्रीमान्–श्रीमतीबीच झगडा भएपछि डाइभर्ट गरियाे

एजेन्सी । उडानका क्रममा श्रीमान्–श्रीमतीबीच झगडा भएपछि लुफ्थान्सा एयरलाइन्सको उडान बुधबार दिल्ली डाइभर्ट गर्नुपरेको थियो । दिल्लीमा अवतरण गरेपछि यी श्रीमान-श्रीमतीलाई यो फ्लाइटबाट हटाइयो ।

समाचार एजेन्सी पीटीआईका अनुसार बुधवार जर्मनीको म्युनिखबाट थाइल्याण्डको बैंकक जाँदै गरेको लुफ्थान्सा एयरलाइन्सको उडान दिल्लीमा अवतरण गर्नुपरेको थियो ।यो विमानको अवतरण दिल्लीको इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा बिहान १०.३० बजे भएको थियो ।

विमान अवतरण गरेपछि दुवैलाई तल झरेर टर्मिनल क्षेत्रमा लगियो, जहाँ सीआईएसएफका कर्मचारी, विमानका चालक दलका सदस्य र अन्य कर्मचारीले दुवैसँग कुरा गरेका थिए ।

समाचार एजेन्सी पीटीआईले श्रीमान् जर्मनी र श्रीमती थाइल्याण्डकी रहेको बताएको छ । उडानकै क्रममा दुवैबीच झगडा भयो, त्यसपछि विमानका पाइलटले एयर ट्राफिक कन्ट्रोलरसँग सम्पर्क गरे । पाइलटहरूले एटीसीलाई 'स्थिति र अनियन्त्रित यात्रु' बारे जानकारी दिए।

एक अधिकारीका अनुसार श्रीमतीले पाइलटलाई आफ्नो पतिको खराब व्यवहारको बारेमा जानकारी गराए र उनको हस्तक्षेप मागे। श्रीमानले आफूलाई ‘धम्की’ दिइरहेको उनले बताइन् । बीबीसी

प्रतिक्रिया दिनुहोस