काठमाडौं । आज सुनको मूल्य हालसम्मकै उच्च भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार नयाँ रेकर्ड बनाउँदै सुन तोलामा एक हजार ६०० रुपैयाँले बढेर एक लाख १९ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ ।
यसअघि मंगलबार एक लाख १७ हजार ७०० रुपैयाँ र सोमबार एक लाख १७ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो । आज तेजाबी सुन तोलामा एक लाख १८ हजार ७५० रुपैयाँमा कारोबार भइरहेको छ ।
साथै, बुधबार चाँदीको मूल्यले पनि नयाँ रेकर्ड कायम गरेको छ । चाँदीको मूल्य १५ सय २० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, १३ मंसिर २०८०, ११ : १५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सुनचाँदीको मूल्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?
सुनचाँदीको मूल्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?
सुनचाँदीको मूल्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार?
सुनको मूल्य घट्यो, चाँदीको बढ्यो
सुनको मूल्य बढ्यो, चाँदीको घट्यो
सुनको मूल्य घट्दा चाँदीको बढ्यो, कतिमा कारोबार हुँदैछ ?