काठमाडौँ । रुसी सेनामा सम्बद्ध रहेका तीन जना नेपालीको मृत्यु भएको छ । युक्रेनसँगको युद्धका क्रममा उनीहरूको ज्यान गएको मस्कोस्थित नेपाली राजदूतावासले जनाएको छ ।
नेपाली दूतावासले परराष्ट्र मन्त्रालयलाई पठाएको पत्रअनुसार मृत्यु हुनेमा स्याङ्जाका प्रितम कार्की, दोलखाका राजकुमार रोक्का र इलामका गङ्गाराज मोक्तान रहेका छन् ।
उनीहरूको गत १५ नोभेम्बर (कार्तिक २९) गते मृत्यु भएको हो । रुसी सेनाले नेपालीहरूलाई आफ्नो सहयोगीको रूपमा राखेका थिए ।
रुसका लागि नेपाली राजदूत मिलन तुलाधरले नेपाली मारिएको घटनाको रुसी सेनामा विस्तृत सोधखोज भइरहेको जानकारी दिएका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, १२ मंसिर २०८०, २१ : १९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
रुसी सेनामा भर्ती भएका दुई भारतीयको मृत्यु