काठमाडौँ । मंगलबार पनि सेयर बजार परिसूचक नेप्से ओरालो लागेको छ । अघिल्लो दिन ११.२७ अंकले घटेको बजारमा आज थप २.१७ अंकले घट्दै नेप्से सूचक १८ सय ९४.५३ अंकमा झरेको नेपाल स्टक एक्सचेञ्जले जनाएको छ ।
उसो त आज कारोबार समेत घटेर १ अर्ब २८ करोड २ लाख रुपैयाँमा झरेको नेप्सेले जनाएको छ । अघिल्लो दिन ११.२७ अंकले नेप्से घटेको बजारमा १ अर्ब ७५ करोड ४७ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको थियो ।
आज फाइनान्स, होटल तथा पर्यटन, हाइड्रोपावर, म्यानु एण्ड प्रो र म्युचुअल फन्ड समूहको उपसूचक बढेका छन् भने बाँकी बैंकिङ, डेभलपमेन्ट बैंक, इन्भेष्टमेन्ट, माइक्रोफाइनान्स, जीवन बीमा, निर्जीवन बीमा, ट्रेडिङ, अन्य समूहको उपसूचक ऋणात्मक भएका छन् ।
आज सबैभन्दा बढी होटल तथा पर्यटन समूहको उपसूचक ३.३३ प्रतिशतले बढेको छ ।आज बुद्धभूमी नेपाल हाइड्रोपावर कम्पनीका सेयरधनीले ९.९७ प्रतिशतले कमाएका छन् भने नारायणी डेभलपमेन्ट बैंकका सेयरधनीले ५.३३ प्रतिशतले गुमाएका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, १२ मंसिर २०८०, १५ : ४९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
यो साता ५ प्रतिशत बढ्यो बजार
सेयर बजारमा उच्च वृद्धि, साढे १६ अर्बको कारोबार
नेप्से २७९४ अंकमा, १४ अर्बको कारोबार
सेयर बजारमा ३४ अङ्कको वृद्धि, ९ अर्ब ४१ करोडको कारोबार
नेप्सेमा दाहाेराे अंककाे गिरावट !
सेयर बजार १ प्रतिशत बढ्यो, ११ अर्ब ४१ करोडको कारोबार