गुजरात । चट्याङ र मुसलधारे वर्षाका कारण भारतमा मृत्यु हुनेको सङ्ख्या २४ पुगेको छ । पश्चिमी गुजरातमा कयौँ घरमा क्षति पुगेको छ भने पशु चौपायाहरू पनि मारिएका छन् ।मौसमविद्हरूले जाडो महिनामा गुजरातमा आँधीबेहरी अस्वाभाविक भएको बताएका छन् । मुसलधारे वर्षाले सबैलाई चकित बनाएको उनीहरूको भनाई छ ।
आकस्मिक बाढी र चट्याङबाट भारतमा हरेक वर्ष हजारौँको मृत्यु हुने गरेको छ । वैज्ञानिकहरूले जलवायु परिवर्तनले यस्ता मौसमी घटनामा वृद्धि भएको बताएका छन् । मृत्यु भएका २४ मध्ये १८ जनाको चट्याङ लागेर मृत्यु भएको आइतबार राति जारी विज्ञप्तिमा भनिएको छ ।
गुजरात राज्यमा आइतबार र सोमबार मुसलधारे वर्षा हुनुका साथै असिनासमेत परेको थियो । केही क्षेत्रमा २४ घण्टाको अन्तरालमा १४४ मिलिमिटरसम्म वर्ष भएको थियो ।
भारतमा अप्रिल २०२० देखि मार्च २०२१ को बिचमा १।८ करोड पटक चट्याङ परेको एक अध्ययनले देखाएको थियो । सरकारी तथ्याङ्क अनुसार सन् १९६७ देखि २०१९ को बिचमा भारतमा चट्याङ लागेर १ लाखभन्दा बढी मानिसको मृत्यु भएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, १२ मंसिर २०८०, १२ : २२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
भारतले गर्यो सीएमएस-०३ उपग्रहको सफल प्रक्षेपण
नेपाल-भारतबीच संयुक्त लगानी सम्झौतामा हस्ताक्षर
भारत–चीनबीच ५ वर्षपछि प्रत्यक्ष हवाई उडान सुरु
एसिया कप : आज भारत र पाकिस्तान भिड्दै
‘चाडपर्व छोडेर काम खोज्न भारत’
‘लिपुलेकलाई व्यापारिक मार्ग बनाउन चीन र भारतबीचको सहमतिप्रति नेपालको आपत्ति’