गुजरात । चट्याङ र मुसलधारे वर्षाका कारण भारतमा मृत्यु हुनेको सङ्ख्या २४ पुगेको छ । पश्चिमी गुजरातमा कयौँ घरमा क्षति पुगेको छ भने पशु चौपायाहरू पनि मारिएका छन् ।मौसमविद्हरूले जाडो महिनामा गुजरातमा आँधीबेहरी अस्वाभाविक भएको बताएका छन् । मुसलधारे वर्षाले सबैलाई चकित बनाएको उनीहरूको भनाई छ ।
आकस्मिक बाढी र चट्याङबाट भारतमा हरेक वर्ष हजारौँको मृत्यु हुने गरेको छ । वैज्ञानिकहरूले जलवायु परिवर्तनले यस्ता मौसमी घटनामा वृद्धि भएको बताएका छन् । मृत्यु भएका २४ मध्ये १८ जनाको चट्याङ लागेर मृत्यु भएको आइतबार राति जारी विज्ञप्तिमा भनिएको छ ।
गुजरात राज्यमा आइतबार र सोमबार मुसलधारे वर्षा हुनुका साथै असिनासमेत परेको थियो । केही क्षेत्रमा २४ घण्टाको अन्तरालमा १४४ मिलिमिटरसम्म वर्ष भएको थियो ।
भारतमा अप्रिल २०२० देखि मार्च २०२१ को बिचमा १।८ करोड पटक चट्याङ परेको एक अध्ययनले देखाएको थियो । सरकारी तथ्याङ्क अनुसार सन् १९६७ देखि २०१९ को बिचमा भारतमा चट्याङ लागेर १ लाखभन्दा बढी मानिसको मृत्यु भएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, १२ मंसिर २०८०, १२ : २२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
रबि लामिछाने र भारतका प्रधान मन्त्रि बीच साढे १० बजे भेटघाट हुदैं
दिल्लीमा रविको ‘डिप्लोमेटिक डेब्यु’ : 'उच्च नेतृत्वसँग भएको भेटघाटले नेपालको समकालीन राजनीतिमा नयाँ बहस'
रास्वपा सभापति लामिछाने र भारतका गृहमन्त्री अमित शाहबीच भेटवार्ता
भारतमा के गरिरहेका छन् रवि लामिछाने ? भोलि मोदीसँग भेट्ने कार्यक्रम तय
उच्चस्तरीय भेटवार्ताका लागि रवि लामिछाने भारत प्रस्थान
रविको भारत भ्रमणपूर्व प्रधानमन्त्रीको विवादास्पद अभिव्यक्ति : संयोग कि नियोजित ?