जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

सफल खबर संवाददाता

सोमबार, ११ मंसिर २०८०, १३ : ५३
जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

दाङ । २६ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा बाँके कोहलपुर नगरपालिका-११ बस्ने रुकुम पश्चिम आठबिसकोट नगरपालिका-१३ घर भएका ३२ वर्षीय मान बहादुर पुन मगरलाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

मगरले ती महिलालाई ललाई फकाई विवाह गर्छु भनि प्रलोभनमा पारी गत असोज २३ गते राति दाङ राप्ती गाउँपालिका-१ भालुवाङ बजारस्थित रोल्पाली सिर्प जलजला ड्रिमल्याण्ड होटल एण्ड लजमा लगी जबरजस्ती करणी गरी यातना समेत दिएको भन्ने उजुरीको आधारमा ईलाका प्रहरी कार्यालय भालुवाङबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनसुन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस