पूर्वयुवराज पारसले काठमाडौँमा गोप्य रुपमा भेटे राप्रपाका नेता

सफल खबर संवाददाता

विहीबार, १४ भदौ २०७५, १४ : ५७
पूर्वयुवराज पारसले काठमाडौँमा गोप्य रुपमा भेटे राप्रपाका नेता

काठमाडौं । पूर्वयुवराज पारस शाहले काठमाडौमा तीनवटै राप्रपाका युवा नेतालाई गोप्य रुपमा भेटेका छन् । पूर्वयुवराज पारसले बुधबार कमल थापा नेतृत्वको राप्रपा, पशुपति शमशेर राणा नेतृत्वको राप्रपा प्रजातान्त्रिक र डा. प्रकाशचन्द्र लोहनी नेतृत्वको एकीकृत राप्रपा राष्ट्रवादीका नेताहरुलाई नक्सालमा रहेको एउटा होटलमा भेटेका हुन् ।

उनीहरुबीच दिउँसो चार घण्टा लामो भेटवार्ता भएको भेटमा सहभागी एक नेताले जानकारी दिए ।  दिउँसो १२ बजेदेखि भएको त्यस भेटघाटमा पूर्वयुवराज पारसले राष्ट्रियता कमजोर बन्दै गएको, समाजमा महिला तथा बालबालिकामाथि हिंसा बढ्दै गएको भन्दै चिन्ता व्यक्त गरेको ती नेताले बताए । भेटमा कमल थापा नेतृत्वको राप्रपाका जयन्त चन्द, भुवन पाठक लगायतका नेता सहभागी थिए । त्यसैगरी राणा नेतृत्वको राप्रपा प्रजातान्त्रिकका नेताहरु राजेन्द्र गुरुङ, सुरेश आचार्य, रविन्द्रप्रताप शाह, विराज भट्ट र सगुनसुन्दर लावती पनि भेटवार्तामा सहभागी थिए । 

यस्तै एराप्रपा राष्ट्रवादीबाट ऋषिबाबु परियार, शुष्मा आचार्य, केशव श्रेष्ठ सहभागी थिए । पूर्वराजा ज्ञानेन्द्र शाहले ६ महिनाअघि झापामा तीन वटै राप्रपाका नेतालाई भेटघाट गरेका थिए । अहिले बिम्स्टेक शिखर बैठकको पूर्वसन्ध्यामा पूर्वयुवराज पारसबाट भएको भेटघाटलाई पनि अर्थपूर्णरुपमा लिइएको छ ।

प्रतिक्रिया दिनुहोस