काठमाडौं । क्यानडाको राजदूतका लागि सिफारिस भएका भरतराज पौड्यालको नाम संसदीय सुनुवाइ समितिबाट सर्वसम्मत अनुमोदन भएको छ। संघीय संसद् संसदीय सुनुवाइ समितिले आइतबारको बैठकमा सरकारद्वारा क्यानडाका लागि नेपाली राजदूतमा प्रस्तावित पौडेलको नाम अनुमोदन गरेको हो ।
समितिमा पौड्यालमाथि सांसदहरूले विभिन्न प्रश्न सोधेका थिए। उनीमाथि परराष्ट्र सचिव हुँदा सरकारी कर्मचारीका लागि आएको छात्रवृत्तिमा आफ्नै छोरीलाई स्वीट्जरल्याण्ड पठाएको आरोप लागेको थियो।
संसदीय समितिले अनुमोदन गरेपछि अब राजदूत नियुक्तिको प्रक्रिया बढ्नेछ । प्रस्तावित राजदूतको नाममा सम्बन्धित मुलुकबाट एग्रिमो आएपछि राष्ट्रपतिले राजदुतहरुको नियुक्ति गर्ने कानुनी व्यवस्था छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, १० मंसिर २०८०, १९ : १७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
क्यानडाको लिबरल पार्टीले जित्यो चुनाव
क्यानडाले रुसी तेल ट्यांकर र जहाजमाथि नयाँ प्रतिबन्ध लगायो
क्यानडामा विदेशी कामदारको संख्या घटाउने प्रधानमन्त्री ट्रुडोको घोषणा
चीनबाट आउने सामानमा क्यानडाले लगायो २५ प्रतिशत कर
नेपाल क्यानडामा अभ्यास खेलमा पनि पराजित
काठमाडौँमा दूतावास स्थापना गर्न क्यानडालाई परराष्ट्र मन्त्री राणाको आग्रह