काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) साताको कारोबारको पहिलो दिन आज आइतबार उच्च अंकको वृद्धि भएको छ । आज नेप्से ४७.७५ अंकले बढेर एक हजार ९ सय ७ दशमलब ९७ विन्दुमा बन्द भएको हो ।
त्यस्तै, आज कारोबार रकम पनि दुई अर्ब नाघेको छ । आज दुई अर्ब एक करोड १७ लाख ६३ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । कारोबार भएकामध्ये २१४ कम्पनीको शेयरमूल्य बढेको छ भने २३ कम्पनीकोे शेयरमूल्य घटेको छ । ३ वटा कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।
नेप्सेका अनुसार आज दश कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । जसमा छ्याङ्दी हाइड्रोपावर कम्पनी लिमिटेड र भगवती डेभलपमेन्ट कम्पनी लिमिटेड रहेको छ । यी कम्पनीको शेयरमूल्य आज १० प्रतिशतले बढेको छ ।
आज विजय लघुवित्त वित्तीय संस्था, स्वरोजगार लघुवित्त विकास बैंक, रावा इनर्जि डेभलपमेन्ट कम्पनी, मैलुङ खोला जलविद्युत कम्पनी, सिंगटी हाइड्रो इनर्जि लिमिटेड, पञ्चकन्यामाई हाइड्रोपावर लिमिटेड, स्वेतगंगा हाइड्रोपावर एण्ड कन्ट्रक्सन लिमिटेड र मितेरी डेभलपमेन्ट बैंक लिमिटेडको शेयरमूल्य पनि ९ प्रतिशत भन्दा बढीले बढेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, १० मंसिर २०८०, १५ : ५१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नेप्से परिसूचक २६ अंकले घट्यो
घट्यो सेयर बजार, कारोबार साढे ११ अर्बमाथि
नेप्से २७ अंक बढ्दा साढे १० अर्बको कारोबार
नेप्से बढ्यो, कारोबार रकम घट्यो
सेयर बजारमा सामान्य ‘करेक्सन’
कारोबारसँगै बढ्यो सेयर बजार