कैलाली । भूकम्प प्रभावित क्षेत्रमा अहिले माओवादी केन्द्रका नेता कार्यकर्ताहरु पनि खटिएका छन्। नेकपा माओवादी केन्द्र निकट विद्यार्थी सङ्गठन दुई सय नेता, कार्यकर्ताहरू यतिबेला जाजरकोटस्थित भूकम्प प्रभावित क्षेत्रमा भत्किएका घरहरुको व्यवस्थापन तथा पुर्न निर्माणमा खटिएका हुन् ।
अखिल क्रान्तिकारीका अध्यक्ष पञ्चा सिंहको नेतृत्वमा रहेको उक्त टोली अहिले जाजरकोट भेरी नगरपालिका–१ रिम्ना क्षेत्रमा खटिएको छ । कार्तिक १७ गते गएको भूकम्पमा परि जाजरकोट र रुकुम पश्चिममा १५४ जनाको मृत्यु भएको थियो ।
अहिले सम्म सरकार तवरबाट यहाँ पुन: निर्माणको काम अघि बढ्न सकेको छैन । यस अघि एमाले र कांग्रेसले नेता कार्यकर्तालाई पुन:निर्माणमा लगाएको थियो । अहिले माओवादी केन्द्रपनि प्रभावित क्षेत्रमा भत्किएका घरहरुको व्यवस्थापन तथा पुन: निर्माणमा खटिएको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ०९ मंसिर २०८०, १६ : २७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रधानमन्त्रीको अभिव्यक्तिविरुद्ध माओवादीले देशभर मसाल जुलुस निकाल्ने
माओवादी उम्मेदवार हरिजनमाथि हातपात गर्ने थप तीन जना पक्राउ
रोल्पामा विप्लव नेतृत्वको माओवादीका ३५ कार्यकर्ता नेकपा प्रवेश
काठमाडौं–२ को अनुभव, चितवन–३ लाई सुझाव : ‘विश्वास दिनुअघि काम हेर्नुहोस्’
‘सरकारले देशभर एकै चरणमा निर्वाचन गरोस्' : संयोजक दाहाल
शुल्क नतिरेको बहानामा परीक्षा दिन नदिने कार्य अमानवीय — अखिल क्रान्तिकारी चितवन