काठमाडौं। ‘राष्ट्र, राष्ट्रियता, धर्म-संस्कृति र नागरिक बचाऊ’अभियानका अध्यक्ष दुर्गा प्रसाईंले राजतन्त्र पुनर्स्थापना गर्न नेताहरूले बाध्य बनाएको बताएका छन् ।काठमाडौंको सिफलमा शनिवार भएको कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
'हिजो राजा हामीले नै खेदेको हो । तर आज प्रचण्ड, शेरबहादुर र केपी ओलीले राजा सम्झन बाध्य बनाए' उनले भने ।आफूलाई राजावादी भन्नेहरूलाई पनि उनले आफ्नो आन्दोलनलाई समर्थन गर्न आग्रह गरेका छन् । 'तपाईँहरू आफूलाई राजावादी भन्नुहुन्छ । तर सही आन्दोलनलाई साथ दिनुहुन्न' उनले भने ।
नेपालमा संसदीय प्रणाली फेल भइसकेको उनको भनाइ छ ।कार्यक्रमलाई सम्बोधन गर्दै उनले आफूलाई कुनै पद नचाहिएको भन्दै केबल भ्रष्टाचार र बेथितिविरुद्ध आन्दोलन गरेको दाबी गरे ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ०९ मंसिर २०८०, १५ : ४८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
साईबर अपराध मुद्दामा दुर्गा प्रसाईँलाई जिल्ला अदालतले दियो सफाई
दुर्गा प्रसाईंसहित ७ जनालाई डिल्लीबजार कारागारमा राखियो
सरकारी वकिल कार्यालयले फिर्ता पठायो दुर्गा प्रसाईँविरुद्धको बैंकिङ कसुरको अनुसन्धान प्रतिवेदन
दुर्गा प्रसाईंलाई रिहा गर्न माग गर्दै माइतीघरमा धर्ना
राजावादीको आन्दोलनमा दुर्गा प्रसाईंको समूह सहभागी नहुने
दुर्गा प्रसाईंसहित ५० जनाको बयान न्यायाधीश कार्कीको इजलासमा