काठमाडौं। ‘राष्ट्र, राष्ट्रियता, धर्म-संस्कृति र नागरिक बचाऊ’अभियानका अध्यक्ष दुर्गा प्रसाईंले राजतन्त्र पुनर्स्थापना गर्न नेताहरूले बाध्य बनाएको बताएका छन् ।काठमाडौंको सिफलमा शनिवार भएको कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
'हिजो राजा हामीले नै खेदेको हो । तर आज प्रचण्ड, शेरबहादुर र केपी ओलीले राजा सम्झन बाध्य बनाए' उनले भने ।आफूलाई राजावादी भन्नेहरूलाई पनि उनले आफ्नो आन्दोलनलाई समर्थन गर्न आग्रह गरेका छन् । 'तपाईँहरू आफूलाई राजावादी भन्नुहुन्छ । तर सही आन्दोलनलाई साथ दिनुहुन्न' उनले भने ।
नेपालमा संसदीय प्रणाली फेल भइसकेको उनको भनाइ छ ।कार्यक्रमलाई सम्बोधन गर्दै उनले आफूलाई कुनै पद नचाहिएको भन्दै केबल भ्रष्टाचार र बेथितिविरुद्ध आन्दोलन गरेको दाबी गरे ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ०९ मंसिर २०८०, १५ : ४८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
दुर्गा प्रसाईं र राणाको दूत बनेर सगुन लावती भारत भ्रमणमा
दुर्गा प्रसाईंमाथि छानबिन गर्न सिफारिस
दुर्गा प्रसाईँलाई साधारण तारेखमा रिहा गर्न आदेश
दुर्गा प्रसाईँलाई पक्राउ गर्नुको आधार र कारण पेश गर्न सर्वोच्चको आदेश
दुर्गा प्रसाईँविरुद्ध अनुसन्धानका लागि तीन दिन म्याद थप
वीरगञ्जबाट दुर्गा प्रसाईँ पक्राउ