विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले आर्थिक वर्ष २०८०/८१ को बजेट अध्यादेशको प्रतिस्थापन विधेयक प्रदेशभा बैठकमा पेश गरेका छन् । शनिबारको प्रदेशसभा बैठकमा मुख्यमन्त्री केदार कार्की अध्यादेश प्रतिस्थापन विधेयक पेश गरेका हुन् ।
कोशी प्रदेश आर्थिक अध्यादेश २०८० लाई प्रतिस्थापन गर्न बनेको कोशी प्रदेश सरकारको अर्थसम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको विधेयक २०८० र कोशी प्रदेश विनियोजन अध्यादेश २०८० लाई प्रतिस्थापन गर्न बनेको आर्थिक वर्ष २०८०–०८१ को सेवा र कार्यको लागि प्रदेश संचित कोषबाट केही रकम विनियोजन र खर्च गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०८० पेश गरेका हुन् ।
प्रतिस्थापन विधेयक पेश गर्दै मुख्यमन्त्री कार्कीले बजेटलाई पूर्णरुपमा चलाउन नमिलेपनि जनतासम्म पुग्नेगरी केही प्रयास गरेको बताए । सबै सांसदको क्षेत्रमा पुग्नेगरी विधेयकमा पेश गरेको बताए । उनले भने, ‘५६ वटै क्षेत्रका जनतालाई अन्याय नहुनेगरि बजेट केही चलाएका छौं ।’
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ०९ मंसिर २०८०, १५ : ४९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
एमाले कोशी प्रदेशले पठायो समानुपातिक नाम
कोशी प्रदेश योजना आयोगको उपाध्यक्षमा निरौला नियुक्त
विपत्ति निम्तिँदा कोशी प्रदेशका मुख्यमन्त्री काठमाडौंमा
कोशी प्रदेश सभाबाट प्रतिस्थापन विधेयक पारित
मन्त्रीले हप्काउँदै सदन र सांसदलाई धम्क्याए : आङ्बो
बजेट सच्याउन माओवादीको माग