काठमाडौँ । राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईंले नेपालीको समय १०० वर्ष आन्दोलनमा गएको बताएका छन् । शनिबार राजधानीको सिफलमा आयोजित प्रदर्शनका क्रममा बोल्दै उनले अबको समय विकास र समृद्धिको रहेको भन्दै सबै नेपाली राष्ट्रवादी बन्न जरुरी रहेको बताए ।
उनले राजावादीलाई पनि राजावादी नभएर आफूहरुको आन्दोलनमा राष्ट्रवादी भएर नेपालको झण्डा बोकेर आउन आह्वान गरे । नेपालको झण्डामुनि गोलबद्ध भएर भ्रष्टाचार र गरिबीविरुद्ध लड्नुपर्ने उनको भनाइ थियो । ‘कुरा बुझ्नुभयो नि, एक समय रेडियोले भन्थ्यो, यो समय मुना चियाको हो । अहिले यो समय दुर्गा पसाईंको हो । देशको विकास गर्न दुर्गा प्रसाई जन्मिएको छ।’, उनले भने।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ०९ मंसिर २०८०, १४ : ५०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रधानमन्त्री भेट्न सुरक्षा दस्तासहित सिंहदरबार पुगे दुर्गा प्रसाईँ
सिंहदरवारमा प्रधानमन्त्री कार्की र दुर्गा प्रसाईंबीच वार्ता हुँदै
प्रधानमन्त्रीसँग वार्ताको तयारी भइरहेको छ : दुर्गा प्रसाईं
दुर्गा प्रसाईँलाई थुनामुक्त गर्न सर्वोच्चको आदेश
दुर्गा प्रसाईंको बन्दी प्रत्यक्षीकरण रिटमाथि सुनुवाइ हुँदै
दुर्गा प्रसाईंको अभियानले फिर्ता लियो अनिश्चितकालीन नेपाल बन्दको कार्यक्रम