काठमाडौं। दुर्गा प्रसाईं नेतृत्वको अभियानले काठमाडौंको सिफलमा विरोध प्रदर्शन गरेको छ ।जिल्ला प्रशासन काठमाडौंले तीनकुनेमा कार्यक्रम गर्न सहमति नदिएपछि प्रसाईं समूहले सिफल चौरमा कार्यक्रमको आयोजना गरेको हो ।कार्यक्रमलाई अभियानका अध्यक्ष प्रसाईंले केहीबेरमा सम्बोधन गर्ने भएका छन् ।
प्रसाईं अहिले कार्यक्रम स्थल पुगिसकेका छन् । उनलाई प्रहरीले स्कर्टिङ गरेर सिफलसम्म पुर्याएको थियो । प्रसाईं घरबाट सिफलसम्म आउनेक्रममा उनका समर्थकले विभिन्न नारासमेत लगाएका थिए ।अभियानले बिहीवार बल्खु र शुक्रवार तीनकुनेमा प्रदर्शन गरेको थियो ।
प्रसाईं नेतृत्वको अभियानले राष्ट्र, राष्ट्रियता, हिन्दू धर्म, बैंक तथा वित्तीय संस्थाको मनोमानी र भ्रष्टाचारविरुद्ध भन्दै यही मंसिर ७ गतेबाट काठमाडौंमा प्रदर्शन गरिरहेका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ०९ मंसिर २०८०, १४ : ४३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
दुर्गा प्रसाईं र राणाको दूत बनेर सगुन लावती भारत भ्रमणमा
दुर्गा प्रसाईंमाथि छानबिन गर्न सिफारिस
दुर्गा प्रसाईँलाई साधारण तारेखमा रिहा गर्न आदेश
दुर्गा प्रसाईँलाई पक्राउ गर्नुको आधार र कारण पेश गर्न सर्वोच्चको आदेश
दुर्गा प्रसाईँविरुद्ध अनुसन्धानका लागि तीन दिन म्याद थप
वीरगञ्जबाट दुर्गा प्रसाईँ पक्राउ