काठमाडौँ । कञ्चनपुर र कास्की जिल्लाबाट लागूऔषधसहित तीन जनाई प्रहरीले पक्राउ गरेको छ ।कञ्चनपुरको पुनर्वास नगरपालिका-९ धनसिंगा बस्ने ४० वर्षीया लक्ष्मी जैशी र भरात लख्खिमपुर खिरी विसैनपुरी उत्तर प्रदेश भारत बस्ने ४९ वर्षीय महंगा सिहलाई अवैध लागूऔषध अफिम जस्तो देखिने पदार्थ ४ सय ८७ ग्राम १ सय २० मिलिग्रामसहित शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
इलाका प्रहरी कार्यालय त्रिभुवनबस्ती र प्रहरी चौकी खड्डा कंकडबाट खटिएको प्रहरीले लक्ष्मी जैशीको घरबाट उक्त लागूऔषधसहित दुवै जनालाई पक्राउ गरेको हो ।उता कास्कीको पोखरा महानगरपालिका-१४ स्थित पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट अवैध लागूऔषध गाँजा जस्तो देखिने पदार्थ ३५ ग्राम र गाँजाको तयारी धुलो (पोल्यान) जस्तो देखिने पदार्थ १० ग्रामसहित नर्वेका नागरिक ५३ वर्षीय रुन फ्लाथा शुक्रबार बिहान पक्राउ परेका छन् ।
लागूऔषध नियन्त्रण ब्युरो पोखरा र जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरीले पोखराबाट काठमाडौँ जान लागेका उनलाई विमानस्थलको प्रस्थान कक्षमा जाँच गर्ने क्रममा उक्त लागूऔषधसहित फेला पारी पक्राउ गरेको हो । उनी उपर लागूऔषध गाँजा शीर्षक मुद्दामा कास्की जिल्ला अदालतबाट ५ दिन म्याद थप अनुमति लिई आवश्यक अनुसन्धान भइरहेको छ । दुवै घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ०९ मंसिर २०८०, १४ : १२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
स्रोत नखुलेको ४ लाख बढी रकमसहित एक पक्राउ
कारागारबाट फरार भइ चोरीमा संलग्न भएको आरोपमा पक्राउ
स्रोत नखुलेको ११ लाख ४७ हजार रुपैयाँसहित एक जना पक्राउ
कारागारबाट फरार भइ चोरीमा संलग्न एक व्यक्ति पक्राउ
ग्राम खैरो हेरोइनसहित दुईजना पक्राउ
रौतहटमा २२ जना फरार प्रतिवादी पक्राउ