काठमाडौं । दुर्गा प्रसाईँको नागरिक बचाऊ आन्दोलनमा आज न्यून संख्यामा प्रदर्शनकारी देखिएका छन् । शुक्रवार तीनकुनेमा प्रदर्शन गर्ने तयारी भइरहेका बेला प्रहरीले रोकेको थियो । आज काठमाडौंको सिफलमा प्रदर्शनको तयारी प्रसाईँ समूहले गरेको थियो ।
सिफल चौरमा बिहान साढे ११ बजेका लागि कार्यक्रम राखिएको सह प्रवक्ता राजानन्द माण्डव्यले बताएका थिए । तर अहिले त्यहाँ आन्दोलनकारीको नामोनिसान छैन । छन् त केवल नेपाल प्रहरी तैनाथ ।
प्रहरी ठूलो संख्यामा सिफल क्षेत्रमा परिचालन गरिएको छ । त्यहाँ वरिपरिका घरका छतमा समेत सुरक्षाकर्मी तैनाथ छन् । प्रसाई भने अहिले आफ्नाे निवासमा नै छन् ।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ०९ मंसिर २०८०, १२ : ४३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रधानमन्त्री भेट्न सुरक्षा दस्तासहित सिंहदरबार पुगे दुर्गा प्रसाईँ
सिंहदरवारमा प्रधानमन्त्री कार्की र दुर्गा प्रसाईंबीच वार्ता हुँदै
प्रधानमन्त्रीसँग वार्ताको तयारी भइरहेको छ : दुर्गा प्रसाईं
दुर्गा प्रसाईँलाई थुनामुक्त गर्न सर्वोच्चको आदेश
दुर्गा प्रसाईंको बन्दी प्रत्यक्षीकरण रिटमाथि सुनुवाइ हुँदै
दुर्गा प्रसाईंको अभियानले फिर्ता लियो अनिश्चितकालीन नेपाल बन्दको कार्यक्रम