काठमाडौं । दुर्गा प्रसाईँको नागरिक बचाऊ आन्दोलनमा आज न्यून संख्यामा प्रदर्शनकारी देखिएका छन् । शुक्रवार तीनकुनेमा प्रदर्शन गर्ने तयारी भइरहेका बेला प्रहरीले रोकेको थियो । आज काठमाडौंको सिफलमा प्रदर्शनको तयारी प्रसाईँ समूहले गरेको थियो ।
सिफल चौरमा बिहान साढे ११ बजेका लागि कार्यक्रम राखिएको सह प्रवक्ता राजानन्द माण्डव्यले बताएका थिए । तर अहिले त्यहाँ आन्दोलनकारीको नामोनिसान छैन । छन् त केवल नेपाल प्रहरी तैनाथ ।
प्रहरी ठूलो संख्यामा सिफल क्षेत्रमा परिचालन गरिएको छ । त्यहाँ वरिपरिका घरका छतमा समेत सुरक्षाकर्मी तैनाथ छन् । प्रसाई भने अहिले आफ्नाे निवासमा नै छन् ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ०९ मंसिर २०८०, १२ : ४३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
दुर्गा प्रसाईं र राणाको दूत बनेर सगुन लावती भारत भ्रमणमा
दुर्गा प्रसाईंमाथि छानबिन गर्न सिफारिस
दुर्गा प्रसाईँलाई साधारण तारेखमा रिहा गर्न आदेश
दुर्गा प्रसाईँलाई पक्राउ गर्नुको आधार र कारण पेश गर्न सर्वोच्चको आदेश
दुर्गा प्रसाईँविरुद्ध अनुसन्धानका लागि तीन दिन म्याद थप
वीरगञ्जबाट दुर्गा प्रसाईँ पक्राउ