रुकुमपश्चिममा अस्थायी आवास निर्माण थालियो, एक महिनाभित्र सम्पन्न गर्ने लक्ष्य

सफल खबर संवाददाता

शुक्रबार, ०८ मंसिर २०८०, १२ : ४१
रुकुमपश्चिममा अस्थायी आवास निर्माण थालियो, एक महिनाभित्र सम्पन्न गर्ने लक्ष्य

काठमाडौं। भूकम्प प्रभावित रुकुम पश्चिममा अस्थायी आवास निर्माण शुरू गर्न थालिएको छ । अस्थायी आवास निर्माणको शुरूआतसँगै भूकम्प प्रभावितले राहत महसुस गरेका छन्। नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले दोस्रो चरणको काम शुरू गरेपछि पीडितहरू आशावादी भएका हुन् ।

उद्धार र राहतमा १६ दिन फिल्डमा खटेर समन्वय गरेका उनले दोस्रो चरणलाई पनि त्यही रफ्तारमा लैजाने तयारी गरेका हुन् ।एक महिनाभित्र अस्थायी आवास सम्पन्न गरिसक्ने लक्ष्य राखिएको छ । अस्थायी आवास निर्माणका लागि शर्माले कम्तीमा १५ दिन पश्चिम रुकुममै बिताउने योजना बनाएका छन् ।

बाग्मती प्रदेश इन्चार्जसमेत रहेका शर्माले प्रदेशका नेता–कार्यकर्तासँग थप १५ दिनको समय माग गरेका छन्। भूकम्प प्रभावितको काममा खट्न निर्वाचन क्षेत्र रुकुम जान उनले पार्टीसँग अनुमति मागेको प्रदेश अध्यक्ष सरल सहयात्री पौडेलले जानकारी दिए । 

 

 

उद्धार र राहतको काम सकेपछि बिहीबारदेखि शर्माले प्रभावितहरूका लागि दोस्रो चरणको समय सुरु भएको घोषणा गरेका हुन् ।जिल्लाको सानीभेरी गाउँपालिकास्थित चाइना बगरमा छलफल कार्यक्रमको आयोजना गरी विभिन्न पाालिका प्रमुखहरू, दलका नेता–कार्यकर्ता र विज्ञको उपस्थितिमा उनले दोस्रो चरणको काम शुरू भएको घोषणा गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस