काठमाडौँ । जुवा खेल्दै गरेको अवस्थामा झापाबाट ११ जना, लमजुङबाट ११ जना र काभ्रेबाट ४ जना गरी जम्मा २६ जना पक्राउ परेका छन् । बिहीबार राति पक्राउ परेकामध्ये झापा दमक नगरपालिका-७ हाटखोला बस्ने ४१ वर्षीय कर्ण बहादुर राई समेत ११ जना रहेका छन् ।
राईको घरमा जुवा खेलेको खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरीले नगद ३ लाख ५३ हजार ६ सय रूपैयाँसहित र २ बुक ताससहित पक्राउ गरेको हो ।यसैगरी पक्राउ परेकामध्ये लमजुङ सुन्दरबजार नगरपालिका-६ खत्रिठाटी बस्ने ४३ वर्षीय शुभाष श्रेष्ठ समेत ११ जना रहेका छन् ।
श्रेष्ठको घरमा जुवातास खेलिरहेको खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय समेतबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख २४ हजार २ सय ९५ रूपैयाँ, ६ बुक तास,१ सेट पासा, १६ थान कौडासहित पक्राउ गरेको हो ।
यसैगरी काभ्रे भुम्लु गाउँपालिका-७ बस्ने ३९ वर्षीय भरत गिरी समेत ४ जना जुवातास खेल्दा खेल्दै पक्राउ परेका छन् । भुम्लु गाउँपालिका-८ भुम्लुटारस्थित खाली घरमा कौडा खेलिरहेको अवस्थामा प्रहरी चौकी दोलालघाट र प्रहरी चौकी सल्ले भुम्लुबाट खटिएको प्रहरीले नगद ७९ हजार ४ सय ७५ रूपैयाँ र १ सेट कौडासहित उनीहरूलाई पक्राउ गरेको हो ।सवै घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ०८ मंसिर २०८०, १२ : २२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सामान्य झगडामा श्रीमतीको हत्या, श्रीमान् पक्राउ
वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ४० लाख ठगी गर्ने तीन जना पक्राउ
लागुऔषधसहित विभिन्न स्थानबाट सात जना पक्राउ
जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ
मानव बेचबिखनमा संलग्न रहेको आरोपमा एकजना पक्राउ
भारु १५ लाखसहित एक जना पक्राउ