लमजुङ । लमजुङको सुन्दरबजारमा कौडा खेल्दै गरेका ११ जनालाई प्रहरीले पक्राउ गरेको छ । सुन्दरबजार नगरपालिका ६ खत्रीठाँटी स्थित सुवास श्रेष्ठको घरमा बिहीबार राति हारजितको बाजी राखेर कौडा खेलिरहेका ११ जना जुवाडेलाई प्रहरीले पक्राउ गरेको हो ।
प्रहरीका अनुसार घरधनी पक्राउ पर्नेमा एक जना बेसीशहर नगरपालिकसको र अन्य सबै सुन्दरबजार नगरपालिका भित्रका छन् । उनीहरूको साथबाट १६ गोटी कौडा साथै नगद १ लाख २४ हजार २ सय ९५ रुपैयाँ बरामद गरिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ०८ मंसिर २०८०, ११ : ४३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
ई-सेवा कर्मचारी बनेर ठगी गरेको आरोपमा एक जना पक्राउ
कालीमाटी र बल्खुबाट ३५ जना बिचौलिया पक्राउ
चितवनबाट अपहरणमा परेका बालकको उद्धार, ५ भारतीय पक्राउ
१२ लाख मूल्य बराबरको साउदी रियालसहित एकजना पक्राउ
बैंकिङ कसुरमा वडाध्यक्ष महतो पक्राउ
नक्कली लाइसेन्स बोकेर १७ वर्षसम्म विमान उडाउने पाइलट वाल पक्राउ