काठमाडौँ । उच्च अदालतका नवनियुक्त मुख्य न्यायाधीशहरूले पद तथा गोपनीयताको शपथ लिएका छन्। प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठसमक्ष मुख्य न्यायाधीशहरूले बिहीबार शपथ लिएका हुन्।
मंगलबार न्याय परिषद्ले उच्च अदालतमा ६ मुख्य न्यायाधीश नियुक्तिका लागि सिफारिस गरेको थियो। परिषद्को सिफारिसका आधारमा न्यायाधीशहरू लोहितचन्द्र शाह, माधवप्रसाद पोखरेल, रमेशप्रसाद राजभण्डारी, श्रीकान्त पौडेल, नित्यानन्द पाण्डे र शान्तिसिंह थापा मुख्य न्यायाधीश नियुक्त भएका हुन्।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०७ मंसिर २०८०, १९ : ०८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
रवि र छविको मुद्दामा उच्च अदालतले गर्यो जिल्लाको मिसिल झिकाउने आदेश
उच्च अदालतका २७ न्यायाधीशले लिए शपथ
उच्च अदालतका न्यायाधीश लम्सालले दिए राजीनामा
उच्च अदालतका चार न्यायाधीश मुख्य न्यायाधीशमा सिफारिस