काठमाडौं । व्यवसायी दुर्गा प्रसाईंले भोलिदेखि काठमाडौं बन्द हुने बताएका छन् । आजको प्रदर्शनपछि अब भोलिदेखि काठमाडौं बन्द हुने उनले बताए । बल्खुमा प्रहरीसँग भएको झडपमा आठ÷नौजना आन्दोलनकारी घाइते भएको बताएका छन् ।
प्रहरीले अश्रुग्यास र पानीको फोहोरा प्रहार गरेर प्रदर्शनकारीलाई तितरवितर बनाउनेक्रममा दोहोरो झडप भएको थियो । त्यसमा आन्दोलनकारीभन्दा प्रहरी धेरै घाइते भएको प्रसाईंले बताए । “हाम्रोतर्फ ८/१० जना घाइते भएका छन् । प्रहरीतर्फ २५/३० जना घाइते भएका छन्,” प्रसाईंले भने, “अब भोलिदेखि काठमाडौं बन्द हुन्छ । आज नै केही मात्रमा मात्र खुलेको हो ।” उनले बैंकको ब्याज र सहकारी तथा लघुवित्तको ठगीबाट आजित नागरिक सबैले भोलिदेखि काठमाडौं बन्द गर्ने दाबी गरे । प्रहरीले आजको आन्दोलनमा हस्तक्षेप गरेर भोलि देखिको आन्दोलनलाई सहयोग गरिदिएको उनको भनाइ छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०७ मंसिर २०८०, १५ : २३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
राष्ट्रपति र संविधान दुवै निलम्बन गरेर सेनाले अन्तरिम सरकार घोषणा गर्नुपर्छ: दुर्गा प्रसाई
‘जेनी जी’ को आन्दोलनमा मिसिने दुर्गा प्रसाईंको घोषणा
राजनीतिक दल खोल्ने दुर्गा प्रसाईंको घोषणा
तीनकुनेमा मलाई इन्काउन्टर गर्ने योजना रहेछ: दुर्गा प्रसाईं
दुर्गा प्रसाईंलाई छाड्ने आदेशविरुद्ध महान्यायाधिवक्ता कार्यालय अदालत जाने
दुर्गा प्रसाईंलाई रिहा गर्न उच्च अदालतको आदेश