काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा एमालेको केन्द्रीय कमिटी बैठक सुरू भएको छ । पार्टी मुख्यालय च्यासलमा केहीबेरअघिबाट बैठक सुरू भएको हो ।
बैठक यही मंसिर १४ बाट थाल्ने गरी घोषणा गरिएको मध्यपहाडी केन्द्रित ‘झुलाघाटदेखि चिवाभञ्ज्याङसम्म समृद्धिका लागि सङ्कल्प यात्रा’ अभियानको तयारी, समसामयिक राजनीतिक गतिविधि लगायतका विषयमा केन्द्रित छ । एमालेले सामाजिक सद्भाव र राष्ट्रिय एकताको प्रवर्द्धनमा जोड दिँदै अध्यक्ष केपी ओलीको उपस्थितिमा उक्त अभियान गर्दैछ ।
बैठकमा मध्यपहाडी लोकमार्ग केन्द्रित विशेष अभियानलाई सफल बनाउन नेताहरू परिचालन र आवश्यक योजना तयारीका विषय पनि एजेण्डामा रहेको प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०६ मंसिर २०८०, १३ : ०१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
जिल्ला प्रदेश तहमै अल्पमतमा पदैं ओली : बागमती, कोशीपछि लुम्बिनीका बहुमत नेताहरु पनि ओलीको विपक्षमा
चिकित्सा शिक्षा आयोगको बैठकमा पूर्वपदाधिकारीको सहभागितामाथि एमालेको आपत्ति
सुस्तामा एसएसबीको प्रवेश रोक्न सरकारसँग एमालेको माग
एमालेले नीति तथा कार्यक्रमको पक्षमा मतदान गर्न ह्वीप जारी
एमाले छाडेर अन्य दलमा प्रवेश गरेका ८ वडा अध्यक्षको पदमुक्त (सूचीसहित)
ओलीलाई गलाउन बादललाई ‘छेक्ने’ तयारीमा ओलीइतर समूह