काठमाडौं। युनिलिभर नेपाल लिमिटेडले जाजरकोट भूकम्पबाट प्रभावितहरूका लागि १ करोड रुपैयाँ सहयोग गरेको छ ।भूकम्पमा परी ज्यान गुमाएकाहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै कम्पनीले प्रभावितहरूको पुनर्स्थापना र पुनर्निर्माणका लागि ‘प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष’मा १ करोड रुपैयाँ जम्मा गरेको हो ।
सहयोग रकमको चेक कम्पनीका सञ्चालक तथा वरिष्ठ अधिकारीहरूको प्रतिनिधिमण्डलले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई हस्तान्तरण गरेका थिए ।कम्पनीले भूकम्प गएको भोलिपल्टै प्रभावित जिल्लामा पाल, कम्बल, औषधि, ड्राई फूड, हर्लिक्स, सुप लगायतका तत्काल राहत सामग्री वितरण गरेको थियो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ०५ मंसिर २०८०, १३ : ०३
लेखकबाट थप