काठमाडौँ । नेपाली क्रिकेटको विकासमा योगदान पुर्याउने उद्देश्यसहित नेपाल क्रिकेट संघ (क्यान) र अस्ट्रेलियास्थित नेप्लिज एसोसिएसन अफ भिक्टोरिया (एनएभी) बिच सहकार्य हुने भएको छ । यस विषयमा क्यान र एनएभीका प्रतिनिधिबिच मंगलबार समझदारीपत्रमा हस्ताक्षर पनि भएको छ ।
समझारीपत्रमा क्यानको तर्फबाट अध्यक्ष चतुरबहादुर चन्द र एनएभीको तर्फबाट अध्यक्ष प्रेमराज उप्रेतीले हस्ताक्षर गरेका छन् । नेपालस्थित अस्ट्रेलियन राजदूत फेलिसिटी भल्कको उपस्थितिमा सम्झौतापत्र आदान—प्रदान गरिएको हो ।
सम्झौता आदान—प्रदान कार्यक्रम नेपालस्थित अस्ट्रेलियन राजदूतावासमा भएको थियो । सम्झौतापछि नेपाली क्रिकेट र क्रिकेट खेलाडीको निरन्तर विकासमा एनभीएले आफ्नो स्तरबाट विभिन्न पक्षमा सहयोग सहयोग पुर्याउने छ ।
एनएभीले नेपाली क्रिकेट टोलीको सन् २०२४ मा आयोजना हुने टी—२० विश्वकप अभियानमा पनि आफ्नो स्तरबाट सहयोग पुर्याउने छ । नेपाल सन् २०२४ मा आयोजना हुने टी—२० विश्वकपमा छनोट भइसकेको छ ।
सम्झौता आदान—प्रदान कार्यक्रमका अवसरमा क्यानका अध्यक्ष चन्दले हालै भारतमा सम्पन्न आईसीसी एकदिवसीय विश्वकपको उपाधि अस्ट्रेलियन टोलीले जित्न सफल भएकोमा राजदूत भल्कलाई बधाइ पनि दिएका थिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ०५ मंसिर २०८०, ११ : १०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
क्यानलाई एनपीएलबाट २७ करोड ६९ लाख आम्दानी
क्यानको बोर्ड बैठक बिहीबार बस्दै, एनपीएलको तयारीबारे छलफल हुने
क्यानको कार्यशैलीप्रति ८ बोर्ड सदस्यले जनाए असन्तुष्टि
आरिफ घाइते नभएको क्यानको प्रष्टोक्ति
क्यानले सार्वजनिक गर्यो वार्षिक क्यालेण्डर
सन्दीप लामिछानेलाई क्यानले गर्यो कारबाही