एजेन्सी । मध्य गाजाको अल-बुरेइज शिविरमा रहेको प्यालेस्टाइन शरणार्थीहरूका लागि युएन रिलिफ एण्ड वर्क्स एजेन्सीको एक विद्यालयमा इजरेली आक्रमणमा कम्तीमा १२ प्यालेस्टाइनीको मृत्यु भएको छ । सो आक्रमणमा दर्जनौं घाइते भएको हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयले सोमबार जानकारी गराएको छ ।
"इजरेली तोपखानाले हजारौं विस्थापित मानिसहरू बस्ने विद्यालयमा आक्रमण गरेर महिला र बालबालिका सहित १२ प्यालेस्टिनीहरूलाई मारेको मन्त्रालयले जनाएको छ।
विद्यालयमा संयुक्त राष्ट्रसंघको फहराइएको भए पनि इजरेली सेनाले गाजाका विभिन्न यस्ता विद्यालयमा आक्रमण गरेको सञ्चार माध्यमले जनाएका छन् ।
"हालको हमास-इजरेल द्वन्द्व शुरु भएदेखि ७० भन्दा बढी यस किसिमका संस्थाहरू र विद्यालयहरू इजरेली आक्रमणमा परेका छन् ।
एजेन्सीका १०४ कर्मचारीको मृत्यु भएको छ यो सङ्ख्या इतिहासमै सबैभन्दा ठूलो संख्या हो ।
द्वन्द्वले विस्थापित १७ लाख व्यक्तिहरू मध्ये राष्ट्रसंघद्वारा सञ्चालित आश्रयहरूमा विस्थापित व्यक्तिहरूको संख्या ९ लाख पुगेको छ भने, लाखौं सडकमा आश्रयविहीन छन्।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
मंगलबार, ०५ मंसिर २०८०, १० : ३२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
बीस विद्यालयलाई ल्यापटप वितरण
गर्मीले कक्षा कोठामै विद्यार्थी ढल्न थालेपछि बर्दिबासका विद्यालय बन्द
विद्यार्थी न्यून भएका विद्यालय समायोजन
हरिनारायणको हिसाब : 'बजेटपछि झन् महँगो हुँदै गएको जीवन'
हुरी बतासले छानो उडाएपछि विद्यालयमा पठनपाठन प्रभावित
गर्मीका कारण कञ्चनपुरका दुई नगरपालिकामा विद्यालय बिहानी सत्रमा सञ्चालन