काठमाडौं । इजिप्टका राष्ट्रपति अब्देल–फत्ताह अल–सिसीले गाजामा तत्काल युद्धविरामको आवश्यकता र प्यालेस्टाइनीलाई राहत सहायता पुर्याउने विषयमा आफ्नो देशको अडानलाई जोड दिएका छन् । युरोपेली आयोगका अध्यक्ष उर्सुला भोन डर लेयनसँग कायरोमा भएको भेटमा उनले यस्तो बताएका हुन् ।
सो बैठक गाजाविरुद्ध इजरायल युद्धको पछिल्लो घटनाक्रममा केन्द्रित थियो । अल–सिसीले इजिप्टको सम्बन्धित प्रयासको समीक्षा गरेका थिए । इजिप्टका राष्ट्रपतिले प्यालेस्टाइनीको अधिकार सुनिश्चित गर्न संयुक्त राष्ट्र सुरक्षा परिषद् र संयुक्त राष्ट्रसंघको महासभाको प्रस्तावलाई अन्तर्राष्ट्रिय समुदायले कार्यान्वयन गर्नुपर्ने आवश्यकतामा जोड दिए ।

प्रतिक्रिया दिनुहोस
एजेन्सी
सोमबार, ०४ मंसिर २०८०, ११ : ४६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
३७० किलोग्राम गाँजा बरामद
गाडी र मोटरसाइकलसहित ९२२ किलो गाँजा बरामद
चितवनमा ९५.१६५ केजी गाँजासहित एक जना पक्राउ
गाजामा भएको इजरायली आक्रमणमा सात जनाको मृत्यु
१०९ किलो गाँजासहित भारतीय कार प्रहरीको नियन्त्रणमा
दुई सय केजी गाँजा बरामद