काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले जनताको मुख थुनेर सत्ता नटिक्ने बताएका छन्। शनिबार काठमाडौँमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। सरकारले टिकटक प्रतिबन्ध लगाएको विषयबारे उनले सामाजिक सञ्जालमा प्रतिबन्ध लगाएर सत्ता टिकिरहन्छ भन्ने नठान्न प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई चेतावनी दिए।
उनले सामाजिक सञ्जालको प्रतिबन्ध निरंकुश व्यवस्थाको चरित्र भएको बताए। उनले सत्ता जनताको मुख बन्द गरेर नभइ जनताको मन जितेर मात्रै टिक्ने जिकिर गरे। उनले जनताको मुख थुनेर शासन चलाउँछु भन्नेहरुको चाँडै अन्त्य हुने बताए।
महासचिव चन्दले देश बचाउने जिम्मा अरुले नलिने भए नेपाल कम्युनिष्ट पार्टीले देश बचाउने जिम्मा लिने दाबी गरे। उनले देशमा अब राजतन्त्र फर्किने कुरा सम्भव नरहेको बताए। उनले सम्पूर्ण कम्युनिष्टहरु एक ठाउँमा उभनुपर्ने बताए।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ०२ मंसिर २०८०, १९ : ०९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
पूर्वराजा ज्ञानेन्द्रसँग सहकार्य गर्न विप्लव तयार
रोल्पामा विप्लव नेतृत्वको माओवादीका ३५ कार्यकर्ता नेकपा प्रवेश
प्रचण्डलाई विप्लवको जवाफ–चुनावी सहकार्य गर्न तयार नहुने पार्टी एकताको चर्चा गर्ने ?
‘विप्लव’ नेतृत्वको नेकपा माओवादीलाई एकता प्रक्रियामा आउन ‘प्रचण्ड’ आग्रह
प्रचण्डलाई चुनावमा घेराबन्दी गर्ने विप्लव-जनार्दनको योजना
‘विप्लव’ र मिराज ढुंगानाबीच ४ बुँदे सहमति पत्रमा हस्ताक्षर