काठमाडौँ । कुमारी बैङ्कले नयाँ प्रमुख कार्यकारी अधिकृत (सिइओ) नियुक्त गरेको छ। बैंकका सिइओ रमेश अर्यालले राजीनामा दिए पछि बैंक सञ्चालक समितिले रामचन्द्र खनाललाई सिइओ नियुक्त गरेको हो।
एनसीसी बैंक कुमारीमा मर्ज भएपछि सिइओ बनेका अर्यालले राजीनामा दिए पछि नयाँ सिइओ नियुक्त भएका हुन्। खनाललाई ४ वर्षका लागि सिइओ नियुक्त गरेको बैङ्कले जनाएको छ। खनाल चार्टर्ड एकाउन्टेन्ट हुन्।
खनालसँग बैंक तथा वित्तीय संस्थामा करिब ११ वर्ष काम गरेको अनुभव छ। खनाल यसअघि एनआईसी एसिया क्यापिटलमा पनि सिइओ थिए।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ०२ मंसिर २०८०, १३ : ५७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कुमारी बैंकले ल्यायो ‘टपअप र फोनपे डिरेक्ट गरौं, बम्पर उपहार जितौं’ योजना
विराटनगरमा कुमारी बैंकको उद्यमी प्रशिक्षण कार्यक्रम