काठमाडौँ । आज नेकपा एमाले जनसंगठन समन्वय संयन्त्रको बैठक बस्दैछ । दिउँसो पार्टी कार्यालय च्यासलमा संयन्त्रको बस्ने भएको हो । बैठकमा एमाले अध्यक्ष केपी शर्मा ओली र महासचिव शङ्कर पोखरेलले सम्बोधन गर्ने कार्यक्रम रहेको संयन्त्रका प्रमुख भानुभक्त ढकालले जानकारी दिएका छन् ।
उनका अनुसार बैठकमा तीनवटा एजेन्डामा छलफल हुनेछ । ढकालका अनुसार बैठकमा पछिल्लो राजनीतिक गतिविधिका बारेमा अध्यक्ष र महासचिवले धारणा राखेपछि भूकम्पपछि खटिएका स्वयंसेवक, मध्यपहाडी पुष्पलाल लोकमार्ग यात्रा र युवासंघको आयोजनामा हुने मङ्सिर ७ गतेको कार्यक्रमबारे छलफलको एजेन्डा तय भएको छ ।
एमाले निकट राष्ट्रिय युवा संघले आगामी मङ्सिर ७ गते भ्रष्टाचार, महँगी, अनियमितता तथा राज्यको अराजकताविरुद्ध काठमाडौँमा जनप्रदर्शन गर्दैछ भने सोही दिन मेडिकल व्यवसायी दुर्गा प्रसाईँले पनि सोही दिन कार्यक्रम राखेका छन् । त्यस्तै एमाले जनसंगठनले पश्चिमको भूकम्प प्रभावित जिल्लामा एक हजार स्वयंसेवक खटाएर अस्थायी आवास निर्माण गर्न निर्णय यसअघि नै गरिसकेको छ ।
त्यसमध्ये जिफन्ट मातहतका एक सय स्वयंसेवक जाजरकोट पुगेर मङ्सिर १ बाट काम थालिसकेका छन् । त्यस्तै एमालेले आगामी मङ्सिर १४ बाट सुरु गर्ने पुष्पलाल लोकमार्गको झुलाघाट–चिवाभञ्जयाङ यात्राका बारेमा समेत जनसंगठनको उपस्थितिका बारेमा संयन्त्रको बैठकमा छलफल हुनेछ । यसअघि संयन्त्रको बैठक गत असारमा बसेको थियो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ०२ मंसिर २०८०, ११ : ३२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
एमालेको राजनीतिमा सक्रिय भएको पूर्वराष्ट्रपति भण्डारीको घोषणा (पूर्णपाठ)
सरकारको एक वर्षको काम सन्तोषजनक रहेको एमालेको निष्कर्ष
ओलीले तिरे एमालेको लेबी
वैशाखभित्र राष्ट्रिय महाधिवेशन गर्ने आन्तरिक तयारीमा एमाले
एमालेको सचिवालय बैठक बस्दै
प्रतिनिधि सभाबाट आगामी आर्थिक वर्षको बजेट मंगलबार पारित हुँदै, एमालेले जारी गर्यो ह्विप