काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आजदेखि घरदैलो कार्यक्रम गर्ने भएको छ ।
गत वर्षको आम चुनावमा मत दिएर विजयी बनाएको एक वर्ष हुँदै गर्दा सांसदहरू आजदेखि आआफ्नो निर्वाचन क्षेत्रमा घरदैलो कार्यक्रममा जान लागेका हुन् । अघिल्लो वर्ष मतदान भएको सोमबार एक वर्ष पूरा हुँदैछ ।
मतदातालाई धन्यवाद दिँदै सुझाव सङ्कलनका लागि आजदेखि सोमबारसम्म जनताको घरदैलो जाने कार्यक्रम रहेको रास्वपाका महामन्त्री एवं प्रवक्ता डा. मुकुल ढकालले जानकारी दिए । उनका अनुसार सबै सांसद, उम्मेदवार र केन्द्रीय सदस्यलगायत कार्यक्रममा सहभागी हुनेछन् ।
घरदैलो कार्यक्रममा एक वर्षमा भए गरेका कामहरूको जानकारी मतदातालाई दिने तथा सुझाव सङ्कलनको काम पनि हुने उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ०२ मंसिर २०८०, ०९ : ५२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
रास्वपाले ३५ हजारभन्दा बढी बालबालिकालाई पार्टीको सदस्य बनाएको भन्दै कांग्रेसको आपत्ति
रास्वपाकाे पदाधिकारीमा काे–काे भए निर्वाचित ? (मतसहित)
रास्वपा सहमहामन्त्रीमा असिम शाह र हरि ढकाल विजयी
रास्वपा महामन्त्रीमा विपिन आचार्य निर्वाचित
रास्वपा उपसभापतिमा सोविता गौतम निर्वाचित
रास्वपा पदाधिकारीमा खस्यो १२८९ मत