काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आजदेखि घरदैलो कार्यक्रम गर्ने भएको छ ।
गत वर्षको आम चुनावमा मत दिएर विजयी बनाएको एक वर्ष हुँदै गर्दा सांसदहरू आजदेखि आआफ्नो निर्वाचन क्षेत्रमा घरदैलो कार्यक्रममा जान लागेका हुन् । अघिल्लो वर्ष मतदान भएको सोमबार एक वर्ष पूरा हुँदैछ ।
मतदातालाई धन्यवाद दिँदै सुझाव सङ्कलनका लागि आजदेखि सोमबारसम्म जनताको घरदैलो जाने कार्यक्रम रहेको रास्वपाका महामन्त्री एवं प्रवक्ता डा. मुकुल ढकालले जानकारी दिए । उनका अनुसार सबै सांसद, उम्मेदवार र केन्द्रीय सदस्यलगायत कार्यक्रममा सहभागी हुनेछन् ।
घरदैलो कार्यक्रममा एक वर्षमा भए गरेका कामहरूको जानकारी मतदातालाई दिने तथा सुझाव सङ्कलनको काम पनि हुने उनको भनाइ छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ०२ मंसिर २०८०, ०९ : ५२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
गृह, संघीय मामिला र भूमि मन्त्रीलाई कारबाही गर्न रास्वपाको माग
रास्वपा र राप्रपाद्वारा प्रतिनिधिसभामा विरोध
निर्वाचन आयोगले पठायो रास्वपालाई पत्र (पत्रसहित)
हस्ताक्षर अभियानमा हस्तक्षेप भयो: रास्वपा
रास्वपाद्वारा रुपन्देही-३ मा उम्मेदवारका लागि आवेदन आह्वान
रविको पक्षमा हस्ताक्षर गर्दै मनिषाले भनिन्- राज्यले गरेको अन्यायविरुद्ध आवाज उठाएँ