मकवानपुर । हेटौँडामा स्कुटरको ठक्करबाट एक जनाको मृत्यु भएको छ । आइतबार साँझ धरान चतरा सडकअन्तर्गत हेटौँडा–१७ बाबुचोकमा स्कुटरको ठक्करबाट एक जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
ठुलो दमारबाट हटिया तर्फ आउँदै गरेको ना २५ प ८३५६ नम्बरको स्कुटरले ठक्कर दिँदा पैदल यात्री ४३ वर्षीय गोपिनी विश्वकर्माको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता एवम् प्रहरी नायव उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिए ।
स्कुटरको ठक्करबाट गम्भीर घाइते भएका विश्वकर्माको उपचारको क्रममा हेटौडा अस्पतालमा मृत्यु भएको हो । ठक्कर दिने स्कुटर र स्कुटर चालक हेटौँडा–१ का ३५ वर्षीय ईलेश श्रेष्ठलाई नियन्त्रणमा लिई अनुसन्धान भइरहेको प्रवक्ता भण्डारीले बताए ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ०२ मंसिर २०८०, ०८ : ४४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
ट्यांकरले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु
चाडमा सुडानी ड्रोन आक्रमण, १७ जनाको मृत्यु
ट्याक्टरको ठक्करबाट एक जनाको मृत्यु
स्थानीयबीच कुटाकुट हुँदा एक जनाको मृत्यु
बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
जुम्लाबाट हवाई उद्धार गरिएकी सुत्केरी महिलाको उपचारका क्रममा मृत्यु